बिर्तामोड । झापाको कनकाई नगरपालिकाले २८ घरपरिवार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई जग्गाको धनिपूर्जा बितरण गरेको छ । 

कनकाई नगरपालिकाले कनकाई नगरपालिका वडा नं. ५ का २२ घरपरिवार र वडा नम्बर ८ का ६ घरपरिवार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई जग्गा धनिपूर्जा बितरण गरिएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई जग्गा धनीपूर्जा वितरण गरेकी हुन् । 

 कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गा धनीपूर्जा प्रदान गरेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्का, राष्ट्रिय भूमि आयोगका झापा अध्यक्ष तिलकसिंह पाण्डे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले कनकाई नगरपालिका वडा नं. ५ का २२ घरपरिवार र वडा नम्बर ८ का ६ घरपरिवार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई जग्गा धनिपूर्जा बितरण गरेका थिए ।   

कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले राष्ट्रिय भूमि आयोग गठन गरेर सरकारले हरेक नागरिकमा भूमिको पहुँच पु¥याउन लागि परेको बताइन् । 

उनले हरेक नागरिकलाई जग्गाधनी बनाउन सरकारले गठन गरेको भूमि आयोगले समेत काम गरिरहेको जनाइन् । 

 कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले ऐन कानून संशोधनसँगै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई जग्गा धनीपूर्जा दिलाउन ६ सय ९१ वटा स्थानीय तहसँग सम्झौता भएर काम अघि बढेको बताए । 

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्काले राष्ट्रिय भूमि आयोगमा हालसम्म आठ लाख ७३ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीका निवेदन आएको बताउँदै ती मध्ये आठ लाखभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीले जग्गा धनीपूर्जाको  निस्सा समेत पाइसकेको बताए ।

राष्ट्रिय भूमि आयोगका झापा अध्यक्ष तिलकसिंह पाण्डेले झापामा प्राविधिक समस्याले सोचेजस्तो काम अघि बढ्न नसकेको बताए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सरकारले मुलुकबासीलाई सुकुम्बासी हुन दिनुनहुने बताए । 

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई जग्गा धनीपूर्जा वितरणका लागि  कनकाई नगरपालिकाले दुई वर्ष अघि नै तथ्यांक संकलन गरीसकेको बताए । 

 उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई सात हजार कित्ता जग्गा धनीपूर्जा बाड्नुपर्नेमा मुस्किलले ५५ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई जग्गा धनीपूर्जा बाँड्न सकिएको बताए । 

उनले एक हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई जग्गा धनीपूर्जा बाड्न सक्नेगरी काम सकेपनि सरकारसँगै राष्ट्रिय भूमि आयोग परिवर्तन हुँदा आफूहरुले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई जग्गा धनीपूर्जा बाड्न नसकिएको बताए । 

स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर जग्गा धनीपूर्जा बाँड्ने वातावरण बनाउन उनले सरकारसंग माग गरे । 

 कार्यक्रममा कनकाई नगरपालिकाका भूमि सर्वेक्षक प्रमुख दिवस ओलीले कनकाई नगरपालिकामा हालसम्म भएका कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए । 

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गरेकी थिइन् ।

 कार्यक्रमको सञ्चालन कनकाई नगरपालिकाका प्रशासकीय अधिकृत विवेक भण्डारीले गरेका थिए ।