बिर्तामोड । झापाको बिर्तामोडमा रहेको यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले रे जेडआर १२५ हाइब्रिड स्कुटरको बिक्री शुरु गरेको छ ।

यामाहा नेपालले  स्मार्ट मोटर जेनेरेटरसहितको बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गरेसंगै झापाको बिर्तामोडमा रहेको यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले रे जेडआर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गर्दै  बिक्री शुरु गरेको हो  । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , सयपत्री ट्रेड लिंकका सञ्चालक विनोद बस्नेत, कम्पनिका एरिया सेल्स म्यानेजर कुन्दन भण्डारीलगायतले रे जेडआर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गरेका हुन् । 

 रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरू स्टाण्डर्ड, डिलक्स र प्रिमियम÷प्रिमियम प्लसमा उपलब्ध रहेको,  रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कूल्ड, फ्युल इन्जेक्टेड १२५ सीसी ब्लू कोर इन्जिन छ ।

रे जेडआर १२५ शृङ्खलाको हाइब्रिड भेरियन्टहरूले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्तिसहायता प्रदान गर्ने कम्पनिले जनाएको छ । साइलेन्ट स्टार्टरको रूपमा पनि चिनिने यो उन्नत प्रणाली शहरको सवारी अवस्थाहरूमा जिप्पियर प्रदर्शन र इन्धन दक्षतालाई मद्दत गर्न इलेक्ट्रिक मोटरको रूपमा दोब्बर हुन्छ ।

इलेक्ट्रिक पावर सपोर्टको सिमलेस एकीकरणले इन्धनको बचत मात्र गर्दैन, समग्र सवारी अनुभवलाई पनिबढाउँने कम्पनीले जनाएको छ ।

रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मानककोरूपमा एलईडी हेडल्याम्पले सुसज्जित छ, जसले सवारी चालकहरूको लागि अधिकतम भिजिबलिटी रसुविधा सुनिश्चित गर्ने, १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राममा उल्लेखनीयरूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन, र २१ लिटर अन्डर–सीट भण्डारण जस्ता सुविधाहरू र यसमा रहेको स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउँने कम्पनिले जनाएको छ ।  

रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । 

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले रे जेडआर १२५ हाइब्रिड स्कुटर सवै उमेर समूहलाई सुहाउने बताए । 

सयपत्री ट्रेड लिंकका सञ्चालक विनोद बस्नेतले बिर्तामोडमा रहेको यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले यामाहाको मोटरसाइकल, स्कुटरको बिक्री गर्दै आइरहेको जानकारी दिए ।