बिर्तामोड ।  नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ झापाको  अध्यक्षमा दीप साउदेन चयन भएका छन् ।

झापामा भएको एक भेलाले साउदेनको अध्यक्षतामा   ११ सदस्यीय नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ झापा जिल्ला तदर्थ समिति गठन गरेको हो । 

संस्थाको उपाध्यक्षमा चुडामणि दाहाल (राजु) ,सचिवमा जनक उप्रेती , कोषाध्यक्षमा निशा पोमु लिम्बू रहेका छन् । त्यसैगरी, समितिको सदस्यमा विशाल पौड्याल, नवीन वजगाईं, दिपेन गिरी, खेमराज श्रेष्ठ,  आशिष गुरुङ, डम्मरकुमारी कट्टेल (बिनु),  चयन भएका छन् । 

शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी)  अन्तर्गत नेपालमा रहेको संस्था नेप्लिज फेडरेसन अफ बडिबिल्डिङ तथा फिटनेस संघ र वल्ड बडीविल्डिङ एण्ड फिजिकल स्पोर्टस् फेडेरेशन (डब्लुबीपीएफ)अन्तर्गत नेपालमा रहेको संस्था नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ बीच एकीकरण भएर  राष्ट्रिय खेलकुद परिषदको पहलमा  काठमाडौंमा  नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ गठन भएर पहिलो साधारण सभा तथा निर्वाचन भएपश्चात झापामा पनि नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ झापा जिल्ला तदर्थ समिति गठन गरिएको हो । 

कार्यक्रममा झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा जिल्ला जिम तथा फिट्नेस व्यावसायिक संघका अध्यक्ष गगालाल गुरुङ नेपाल शारीरिक सुगठन संघ झापाका पूर्व अध्यक्षहरु हरि नुनिया धिमाल ,रमेश चौधरी , नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका मनोनित केन्द्रिय सदस्य प्रज्जवल राई , पूर्व केन्द्रिय सदस्य चन्द्र राना (लाफा ),इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) का  पूर्व केन्द्रीय सदस्य दिपेन चौधरी, व्यवसायी  आदित्य पराजुलीलगायतले नवगठित समितिलाई वधाई तथा शुभकामना दिएका थिए ।