बिर्तामोड।  इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका महिला पदाधिकारीले एकआपसमा खुशीयाली साटासाट गर्दै तीज मिलन कार्यक्रम सम्पन्न गरेका छन् ।  इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट मोनिका अग्रवालको अध्यक्षतामा इनरह्वील क्लव अफ भद्रपुर ,  इनरह्वील क्लव अफ अर्जुनधारा , इनरह्वील क्लव अफ मेचीनगरका महिला पदाधिकारीहरुको सहभागितामा तीज मनाइएको हो ।  

पछिल्ला वर्षमा तीजका नाममा एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेकाले तीजलाई उच्छृङ्खलता र तडकभडकरहीत तरिकाले मनाउनु पर्छ भन्ने सन्देश दिने उद्धेश्यले यसरी तीज मनाइएको  इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट मोनिका अग्रवालले बताइन् ।  इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी पास्ट प्रेसिडेन्ट रेनु वंशलले कविता वाचन गरेको कार्यक्रममा सहभागीले मनोरञ्जनात्मक खेल , र्याम्प वाक, नृत्य, गरेका थिए । कार्यक्रमका सहभागीलाई फूल उपहार प्रदान गरिएको कार्यक्रमको सञ्चालन इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी लुना बस्नेतले गरेकी थिइन् ।