बिर्तामोड । बिर्तामोडको भगवान चोकमा भाट भटेनी सुपर स्टोर सञ्चालनमा आएको छ । नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गरे । बिहान ६ः३० बजेको शुभ साइतमा वैदिक विधीद्वारा ब्राह्मणबाट शुभ साइत गराएर नेवारी सांस्कृतिक बाजागाजासहित उनले भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरेका हुन् ।

देशकै ठूलो चेन सुपर स्टोर भाट भटेनीले आफ्नो २६ औं स्टोर बिर्तामोडमा सञ्चालनमा ल्याएको हो ।  बिर्तामोडको भगवान चोकमा  सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेस रहेको छ । २ अर्ब भन्दा बढी लगानीमा कोशी प्रदेसको चौथो तथा झापा जिल्लाको पहिलो भाट भटेनी सुपर स्टोर  यस अघि कोशी प्रदेसको धरान, बिराटनगर तथा इटहरीमा सञ्चालनमा आइसकेको छ ।

स्वदेशी तथा बिदेशी ब्राण्डका उच्च गुणस्तरका सामानहरु पाईने भाट भटेनी सुपर स्टोरमा झापा जिल्ला सहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ति शहरबाट समेत ग्राहकहरु किनमेलकालागि आउने भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले  बताए ।

नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन् । देशमा व्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निराशा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्बी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने उनले बताए  ।

भाट्भटेनीको स्थापनाले बिर्तामोड लगायत पूर्बी नेपालकै आर्थिक तथा पर्यटकीय गतिबिधि समेत बढ्ने उनको भनाइ छ । भाटभटेनि व्यवसाय मात्र नभै रोजगारी आभियान पनि रहेको हुँदा हालसम्म करीव दश हजार भन्दाबढीले प्रत्यक्ष  रोजगारी प्राप्त गरेको र  बिर्तामोडको भगवान चोकमा सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगार प्राप्त गरेको अध्यक्ष गुरुङ बताउँछन् ।

बिर्तामोडमा २६औ स्टोर संचालनमा आएपश्चात झापाको दमकमा समेत आगामी बैशाख सम्ममा २७औ स्टोर संचालनमा आउने उनले बताए । 

उपभोक्तालाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगीन नपर्ने हुँदा भाट्भटेनि यस क्षेत्रका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बताए ।

बिर्तामोडको भगवान चोकमा सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजोन तथा स्केट पार्क लगायतका सुबिधाहरु रहने तथा  उद्घाटनका आवसरमा आम ग्राहकलाइ प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा ईलेक्ट्रोनिक्समा २० प्रतिशत सम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए ।

बिर्तामोडको भगवान चोकमा भाट भटेनी सुपर स्टोर सञ्चालनमा आएसंगै यसक्षेत्रका उपभोक्ताले खुशी  व्यक्त गरेका छन् ।