बिर्तामोड। झापाको भद्रपुर –१० चन्द्रगढीमा मुख्य कार्यालय रहेको सम्योग सम्बृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाको दशौं बार्षिक  साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनोद चौहानको अध्यक्षता तथा भद्रपुर –७ का वडाध्यक्ष अभिषेक ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष यसोदा पोखरेल आचार्यले स्वागत गरेकी थिइन् । 

साधारणसभामा संचालक समितिको तर्फबाट सहकारीका अध्यक्ष विनोद चौहानले संस्थाको बार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर पूँजी ७४ लाख ९७ हजार ७ सय रुपैयाँ, निक्षेप संकलन ५ करोड ७ लाख ११ हजार १ सय ४ रुपैयाँ ९८ पैसा, ऋण लगानी ३ करोड ६ लाख ६८ हजार ९ सय ९८ रुपैयाँ ८० पैसा रहेको छ । 

१० बर्ष अघि ३३ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल २ हजार ९ सय १९ जना शेयर सदस्य रहेका छन् ।

कार्यक्रममा  उत्कृष्ठ कर्मचारी क्यासियर कल्पना बस्नेत, उत्कृष्ठ बजार प्रतिनिधि पार्वती महतो, उत्कृष्ठ व्यवस्थापक विमल अधिकारी , उत्कृष्ठ सेवाकेन्द्र प्रमुख किशोर निरौलालाई सम्मान गरिएको थियो भने ३ वटा सेवाकेन्द्र र मुख्य कार्यालय गरी ४ वटा कार्यालयका ज्येष्ठ शेयर सदस्य, बाल बचतकर्ता, असल ऋणी र असल बचतकर्ता गरी १६ जनलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा मोहनप्रसाद घिमिरे, नरेन्द्र तिम्सिना, सञ्जीवकुमार शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए । लेखा समिति सदस्य मित्रप्रसाद भण्डारीले लेखा समितिको प्रतिवेदन बाचन गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक खगेन्द्र बानियाँले गरेका थिए ।