बिर्तामोड । श्री आकर्षक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –५ को दशौं वाषिृक साधारणसभाा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गंगाप्रसाद मैनालीको अध्यक्षता तथा शिक्षासेवी मोहनप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सहसचिव यमुना तिवारीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका ऋण संयोजक पहलमान लानेहार, सुनचाँदी व्यवसायी महासंघ झापाका विशिष्ठ सदस्य विजय श्राफलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ठ बचतकर्ता लिला करुवा, भुवल पोडेल , असल ऋणी सुरेन्द्र विष्ट, सन्दीप सोनारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष  मैनालीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर पूँजी ६६ लाख ८४ हजार ४ सय रुपैयाँ, निक्षेप १ करोड ४ लाख ९३ हजार ६ सय १५ रुपैयाँ ६० पैसा, ऋण लगानी २ करोड २ लाख ८४ हजार ७ सय ५१ रुपैयाँ ८९ पैसा रहेको छ ।

संसथाका लेखा समिति संयोजक पुष्पलाल भण्डारीले लेखा समितिको प्रतिवेदन वाचन गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुरेश गौतमले गरेको व्यवस्थापक नरेश गौतमले जानकारी दिए ।