बिर्तामोड । झापाको बिर्तामोड –४ मा रहेको सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रको अध्यक्षमा देवीप्रसाद संंग्रौला चयन भएका छन् । संस्थाको  चौथो अधिवेशनले संग्रौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  

संस्थाको उपाध्यक्षमा सञ्जीव चापांगाईं, अम्बिर लिङ्देन, लक्ष्मी सापकोटा ,अनिता खनाल ,  महासचिवमा लक्ष्मी गौतम , सचिवमा राजकुमार अ‍ोली कोषाध्यक्षमा शत्रुधनप्रसाद गुप्ता ,सह कोषाध्यक्षमा राधा भट्टराई रिजाल रहेका छन् ।

१९ सदस्यीय कार्यसमितीका सदस्यहरुमा कृति प्रसाई ,धुब्रकुमार आचार्य,रणदेव हजाम, टेकनाथ पौडेल, देवकला कटुवाल र तेजेन्द्र उप्रेती रहेको निर्वाचन मण्डलका सयोंजक तथा पूर्वअध्यक्ष अर्जुनकुमार मैनालीले बताए । 

सस्थाका अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा विर्तामोड –४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत  गरेका थिए । 

कार्यक्रममा  इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सुरज कार्की,निर्वाचन मण्डलका सयोंजक तथा पूर्व अध्यक्ष अर्जुनकुमार मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव लक्ष्मी गौतमले गरेका थिए ।