बिर्तामोड ।झापाको बिर्तामोड–४ मा रहेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले २७ औ बार्षिक साधारणसभा  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दहालको प्रमुख आतिथ्यमा  भएको साधारणसभामा संस्थाका उपाध्यक्ष  भगीरथ पोद्धारले स्वागत गरेका थिए । 

कार्यक्रममा अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०७९÷०८० असार मसान्तसम्म ४ हजार २ सय ५२ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ३ करोड २६ लाख ११ हजार १सय रुपैयाँ , संस्थाको कुल निक्षेप ३० करोड २८ लाख ३० हजार ९ सय ४३ रुपैयाँ , कुल कर्जा ३२ करोड ८५ लाख ९७ हजार ६ सय ६ रुपैयाँ ,  कुल आम्दानी ५ करोड १३ लाख ४१ हजार २ सय १३ रुपैयाँ ७ पैसा,  कुल खर्च ४ करोड २ लाख ८३ हजार ३ सय २३ रुपैयाँ ७७ पैसा कर अघिको नाफा १ करोड १२ लाख ५०  हजार ८ सय ५१ रुपैयाँ ५६ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।  

 कार्यक्रममा संस्थाले उत्कृष्ट बचततर्फ बेदनिधी भट्टराई, शान्ता ओझा, चन्द्रकला पौडेल, विनय अग्रवाल, मिलन शाक्य, गोपाल आइच, इन्दिरा घिमिरेलाई नगदसहित सम्मान गरेको छ भने उत्कृष्ट ऋणीतर्फ  मधुराम राजवंशी, पार्वतीरमण खतिवडा, पुनम सुनुवार, शान्ता वुढाथोकी , मञ्जु मेचेलाई  नगदसहित सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ प्रेमकुमारी नेपाल र गीता राजवंशीलाई नगदसहित सम्मान गरेको छ ।

कार्यक्रममा  संस्थाका पूर्व अध्यक्ष डा. रुपक खनाल, झापा जिल्ला सहकारी संघका सदस्य केशव वस्नेत, सतासी बहुउद्धेश्शीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठ, राष्ट्रिय सहकारी वैंक बिर्तामोडका धर्मेन्द्र राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  संस्थाका लेखा समितिका संयोजक रोषन दाहालले लेखा समितिको प्रतिवेदन बाचनसहित कार्यक्रमको सञ्चालन गरेको संस्थाका सचिव सन्देश मल्लले जानकारी दिए ।