बिर्तामोड । घैलाडुब्बा युवा क्लब कनकार्इ –९, घैलाडुब्बा झापाको अध्यक्षमा  जीवन ओली चयन भएका छन् । घैलाडुब्बाका युवाको भेलाले ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्ष शिव राजवंशी , सचिव तारानाथ शर्मा बेडारी (कृष्ण बाबू) ,सहसचिव  राजन राजवंशी , कोषाध्यक्ष दुर्गाचरण राजवंशी रहेका छन् । त्यस्तै सदस्यहरुमा अशोक चौधरी, निस्चल थापा,दिपेश चौधरी, टीका राजवंशी,राजेश राजवंशी ,राजेश ठाकुर रहेका छन् ।

त्यसैगरी समितिको सल्लाहकार संयोजकमा निवर्तमान अध्यक्ष  गोबिन्द उप्रेती र सदस्यहरुमा किरण चुडाल, मनोज श्रेष्ठ ,कमल थापा ,रबिन्द्र उप्रेती  ,छत्र बहादुर खड्का , शेखर श्रेष्ठ रहेका छन् ।

घैलाडुब्बा युवा क्लबले घैलाडुब्बाको बिकृती,बिसंगती अन्त्य गर्दै खेलकुद गतिविधि तथा सामाजिक कार्य गर्दै समाजमा सकारात्मक  संदेश प्रबाह गर्दै आएको छ ।