बिर्तामोड । झापाको बिर्तामोड –१ मा रहेको मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाको  १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष टंकप्रसाद दवाडीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको  प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य मैयादेवी उप्रेतीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष टंकप्रसाद दवाडीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य ३ हजार २ सय १७ जना, शेयर पूँजी २ करोड ६६ लाख ११ हजार रुपैयाँ, निक्षेप संकलन ५ करोड ४२ लाख ६४ हजार ५सय २१ रुपैयाँ ९० पैसा, ऋण लगानी ६ करोड ९७ लाख ८३  हजार ७  सय ८१ रुपैयाँ , आम्दानी १ करोड २२ लाख ३२ हजार १ सय २६ रुपैयाँ ७५ पैसा, खर्च ९९ लाख ८५ हजार १ सय ९१ रुपैयाँ ७० पैसा र नाफा २२ लाख ४६  हजार ९ सय ३५ रुपैयाँ ५ पैसा रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखा समिति संयोजक सोमनाथ निरौलाले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक लक्ष्मीप्रसाद ओडारीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष खड्गप्रसाद दाहाल, जिल्ला वचत तथा ऋण सहकारी संस्थाकी सदस्य तथा साना मझौला व्यवसायी साकोसकी अध्यक्ष देवी निरौला बस्नेत, झापा जिल्ला सहकारी संघका सदस्य तथा  स्वरोजगार भवानी  बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा  उत्कृष्ट बचतकर्ता सोमनाथ भट्टराई, जात्री राजवंशी, असल ऋणी मित्रप्रसाद आचार्य, निर्मला उप्रेती , उत्कृष्ट कर्मचारी युवराज आचार्यलाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।  कार्यक्रमको सञ्चालन संस्थाकी  सचिव नैनकला दाहाल भट्टराईले गरेको बजार प्रतिनिधी गंगा भट्टराईले जानकारी दिइन् ।