बिर्तामोड ।सूर्य उपासनाको महापर्व छठ आजबाट शुरु भएको छ । आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खाएर ‘नहाय–खाय’ विधिबाट छठ व्रत शुभारम्भ गरेका छन् ।

श्री छठ समाज सेवा समिती बिर्तामोडले  झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपूरस्थित विरिङ खोलामा छठ पूजाको तयारी गरेको छ ।

विगत १० वर्ष देखि विरिङ खोलामा छठ पूजा समारोह गर्दै आएको श्री छठ समाज सेवा समिती बिर्तामोडले यस वर्ष मंसीर ३ गते  छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको हो ।

मंसीर ३ गते विरिङ खोलामा हुने छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रम सफल बनाउन श्री छठ समाज सेवा समिती बिर्तामोडले विभिन्न समिति गठन गरेको बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिइयो ।

छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रमको कार्यक्रम संयोजकको रुपमा संस्थाका उपाध्यक्ष मनोज रौनियार रहेका छन् ।

त्यस्तै प्रचार प्रसार समितिको संयोजकमा  संगीता रौनियार, सह संयोजकमा शत्रुधनप्रसाद गुप्ता र सदस्यहरूमा सञ्जय चौधरी, हेमलता चौधरी, बिक्की चौधरी ,घाट तथा बिजुली व्यवस्थापन समितिको संयोजकमा शंकर भगत र सदस्यहरूमा अखिलेश भगत, जयकुमार झा, दिलिप दास, बिक्की चौधरी, विजय ठाकुर, सञ्जय चौधरी ,अर्थ समितिको संयोजकमा अशोक चौधरी र सदस्यहरूमा बरुण जयसवाल, राजकुमार साह, अनन्तलाल महतो, शत्रुधन प्रसाद गुप्ता, मनोज चौधरी, लालबाबु साह ,मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम संयोजकमा  मनोज रौनियार र सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, , मनोज भगत, प्रमोद चौधरी, दीपक साफी, शान्ति सुरक्षा समितिको संयोजकमा प्रेमचन्द्र चौधरी र सदस्यहरूमा घनश्याम चौधरी, राजकुमार गुप्ता , प्रसाद व्यवस्थापन उपसमिति संयोजकमा सत्यनारायण चौधरी रसदस्यहरूमा शत्रुधन चौधरी र देवेन्द्र कुमार सिंह रहेका छन् ।

छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रम  सम्पन्न गर्नका लागि छठ युवा फ्रन्ट र छठ महिला मञ्चका पदाधिकारी र सदस्यहरूको पनि साथ रहने कार्यक्रम संयोजक मनोज रौनियारले बताए । 

मंसीर ३ गते हुने  छठ पुजाका लागी  विरिङ खोलामा पण्डाल ( घाट)को निर्माण धमाधम भइरहेको बताउँदै कार्यक्रम संयोजक रौनियारले यस वर्ष छठ पूजाका लागि ४ सय पण्डाल निर्माण गरिएको र एउटा पण्डालमा २ वटा डाला रहने भएकाले करिब एक हजार भक्तजनका लागि पण्डाल तयार गरिएको जानकारी दिए ।

बिरिङ खोलामा आयोजना हुने  छठ पूजाका लागि पण्डाल, मञ्च निर्माण, विद्युत जडान लगायतको काम अन्तिम चरणमा पुगेको श्री छठ समाज सेवा समिती बिर्तामोडका  अध्यक्ष रामेश्वर द्ववेदीले जानकारी दिए । छठ पूजा समारोहमा विगतको वर्षमा जस्तै  यस वर्ष २० हजार दर्शक श्रद्धालु आउने अनुमान गरेको उनले बताए ।

छठ पूजा सम्पन्न गर्न करिव १५ लाख रुपैयाँ खर्च लाग्ने अर्थ समितिको संयोजक अशोक चौधरीले बताए ।

मंसीर ३ गते विरिङ खोलामा हुने छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रमको उद्घाटन प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम संयोजक मनोज रौनियारले बताए ।  

श्री छठ समाज सेवा समिती बिर्तामोडका  अध्यक्ष रामेश्वर द्ववेदीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष संगीता रौनियार, उपाध्यक्ष मनोज रौनियार, निर्वतमान अध्यक्ष राजकुमार गुप्ता, पूर्व अध्यक्ष प्रेमचन्द चौधरी, घनश्याम चौधरीलगायतले मंसीर ३ गते विरिङ खोलामा हुने छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रम सफल बनाउन सहयोगका लागी सबैलाई आग्रह गरेका थिए । 

कार्यक्रमको सञ्चालन श्री छठ समाज सेवा समिती बिर्तामोडका महासचिब अशोक चौधरीले गरेका थिए ।