बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अन्धुवा खोलामा उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।

पाथिभरा छठ पूजा समितिको आयोजनामा शुक्रवारदेखि शुरु भएको छठ पूजा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहले बताए । 

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा झापाको बिर्तामोड –१ स्थित अन्धुवा खोलामा श्रद्धालु भक्तजनको भीड लागेको पाथिभरा छठ पूजा समितिका  सदस्य सुरेश गुप्ताले जानकारी दिए ।

बिर्तामोड –१ स्थित अन्धुवा खोलामा बिर्तामोड–१ र ५ का ब्रतालुहरुले त्यहाँ तयार पारिएको ५० वटा घाटमा विधीपूर्वक छठ पूजा सम्पन्न गरेको उनले बताए ।

यसैबिच आइतबार साँझ पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहको अध्यक्षता तथा बिर्तामोड –१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा छठ पूजाको उद्घाटन गरिएको थियो । पाथिभरा छठ पूजा समितिका सदस्य सुरेश गुप्ताले स्वागत गरेको कार्यक्रममा  पूर्व साँसद बिमला बि.क., बिर्तामोड –१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, एमिटी कलेजका प्रिन्सिपल आरएस ढकाल, न्युटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र गुमागाई, , प्रेम खरेल, डम्बरबहादुर बस्नेत,रामलोचन न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सल्लाहकार बालकृष्ण दाहालले गरेका थिए ।

आइतबार साँझ व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए ।

आइतबार साँझ बिभिन्न भजन किर्तन समुहद्धारा भजनकिर्तन प्रस्तुत गरिएको पाथिभरा छठ पूजा समितिका सदस्य सुरेश गुप्ताले जानकारी दिए ।

पाथिभरा छठ पूजा समितिले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्पण गर्न ब्रतालुहरुलाई निःशुल्क दूध उपलव्ध गराएको ,  श्रद्धालु भक्तजनलाई प्रसाद समेत बितरण गरेको समितिका सदस्य गुप्ताले जानकारी दिए ।

छठ पूजा सम्पन्न गर्न बिनोद साहको अध्यक्षतामा पाथिभरा छठ पूजा समिति गठन गरिएको थियो ।

समितिका उपाध्यक्ष शम्बु साह, सचिव भोला मोहोली, कोषाध्यक्ष सन्तोष रजक रहेका छन् । त्यस्तै सदस्यहरुमा सुरेश गुप्ता, अशोक साह, चन्द्रावति साहु तेली, पुष्पा गुप्ता, अपूर्व दास, रामकुमारी देवी राय, खड्गकुमारी शर्मा ठाकुर रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा रघुनन्दन बि.क., दल्लु राया, सिँहेश्वर चौधरी, नरेश ठाकुर ,सञ्जय गुप्ता रहेका छन् । पाथिभरा छठ पूजा समितिले विगत वर्षदेखि बिर्तामोड –१ स्थित अन्धुवा खोलामा छठ पूजा गर्दै आइरहेको छ ।