बिर्तामोड ।  झापाको बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीमा आगामी मंसीर १८ गते देखि २६ गते सम्म हुने श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वान्चल धार्मिक महामहोत्सवलाई सफल बनाउन झापाबाट निर्वाचित साँसद, जनप्रतिनिधी र सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।

 “श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पुर्वान्चल धार्मिक महामहोत्सव आयोजक समितिले प्रचारप्रसारको अभियानलाई तीब्रता दिने क्रममा भएको भेटघाट र छलफलमा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे, संघीय साँसद राजेन्द्र लिङ्देन, प्रदेश साँसद छबी चुडाललगायतले श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वान्चल धार्मिक महामहोत्सव सफल बनाउन महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वान्चल धार्मिक महामहोत्सव आयोजक समितिका अध्यक्ष ज्ञानु सुवेदीले बताए । 

झापा जिल्लाको पूरातात्विक महत्व बोकेको प्राचिन,धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा झापाको बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीलाई विकास गर्न आफूहरु लागीपर्ने प्रतिवद्धता जनाएको अध्यक्ष सुवेदीले बताए ।

आगामी मंसीर १८ गते देखि २६ गते सम्म हुने श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वान्चल धार्मिक महामहोत्सवलाई सफल बनाउन प्रचारप्रसारको क्रममा आयोजक समितिले बाह्दशी गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईं, उपाध्यक्ष शान्ता शिवाकोटीसहित सम्पूर्ण जनप्रतिनिधी, विश्व हिन्दू महासंघ बाह्दशीका पदाधिकारी, झापा जिल्लाका सम्पूर्ण गुरुकुलका प्रमुख गुरुसहित अन्य गुरुहरु, धार्मिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका पदाधिकारीहरु, चन्दादाता, सामाजिक अभियन्ताहरुलाई भेटघाट गरी उनीहरुलाई श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वान्चल धार्मिक महामहोत्सवलाई सफल बनाउन आग्रह गरिएको र उनीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष सुवेदीले बताए ।

बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीमा हुने श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वान्चल धार्मिक महामहोत्सवको तयारीका लागी मन्दिर परिसर सरसफाई, मन्दिर परिसरमा पुष्प वाटीका निर्माण, रंगरोगन, पण्डाल निर्माण, स्वागत गेट निर्माण धमाधम भइरहेको अध्यक्ष सुवेदीले बताए ।

बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीमा आगामी मंसीर १८ गते देखि २६ गते सम्म हुने श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वान्चल धार्मिक महामहोत्सवको प्रमुख कथावाचक  ख्यातीप्राप्त कथावाचक ईश्वरकृष्णजी महाराज रहने छन् ।

संस्थाको २४ औं धार्मिक अनुष्ठान अन्तर्गत हुने “श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वान्चल धार्मिक महामहोत्सवमा परापुर्वदेखि लाग्दै आएको कन्चन जलढाला धार्मिक वृहत मेला पनि लाग्ने जनाइएको छ ।