बिर्तामोड । झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलमा गत मंसीर १८ गतेदेखि सञ्चालन भइरहेको  ‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ मा कथा श्रवणका लागि आउने  भक्तजनको घुइँचो बढेको छ ।

प्रमुख कथावाचक ईश्वरकृष्ण जी महाराजको प्रमुख कथा वाचकत्वमा सञ्चालन भइरहेको  ‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ मा कथा श्रवणका लागि आउने भक्तजनको  घुइँचो बढेको श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव यज्ञ सम्पादन मूल समितिका संयोजक ज्ञानु सुवेदीले बताए ।

 श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवमा प्रमुख कथावाचक ईश्वरकृष्ण जी महाराजको प्रत्यक्ष दर्शन गर्न र कथा श्रवण गर्नका लागि झापा,इलाम, मोरङ र भारतको कालेम्बुङ, कर्सङ दार्जिलिङ,आसाम लगायतबाट भक्तजनहरु पुराणस्थलमा आउने गरेको उनले बताए ।

दैनिक ५ हजार भन्दावढी धर्मावलम्बीहरु कथा श्रवण गर्नका लागि आउने गरेको श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव यज्ञ सम्पादन मूल समितिका सहसंयोजक जीवन पनेरुले  जानकारी दिए ।

श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवमा विभिन्न धार्मिक गुरुहरु ,सामाजिक व्यक्तित्वहरुको दैनिक आगमन हुनुका साथै उनीहरुले प्रवचनसमेत दिने गरेको उनले बताए । महोत्सवमा आर्थिक संकलन पनि भइरहेको बताउँदै पनेरुले हालसम्म एक करोड रुपैयाँ संकलन भएको जनाए । 

१०८  शिवलिगं स्थापनासहितको  गौरीशंकर शिवालय निर्माण कर्ताको रुपमा ७० जनाभन्दा वढीले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने घोषणा गरेको, गुरुकुल अक्षयकोषका लागी ५० जना भन्दा वढीले ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको तथा सयौंले विभिन्न शिर्षकमा रकम प्रदान गरिरहेको उनले बताए ।

त्यस्तै श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवमा धनधान्याचलका लागी धान समेत संकलन भइरहेको उनले बताए । प्रत्येक दिन आर्थिक दानभेटी सहयोग गर्ने उत्कृष्टलाई सम्मान एबम् अभिनन्दन गर्दै आएको उनले जानकारी दिए ।

आयोजकको अपेक्षा अनुसारको आर्थिक सहयोग संकलनकै क्रममा रहेको र सामाजिक एबम् धर्मावलम्बी ब्यक्तित्वले नगद र जिन्सी सहयोग गर्दै आएको तथा बचन दिएको उनको भनाई छ । 

झापा जिल्लाको पूरातात्विक महत्व बोकेको प्राचिन,धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीलाई विकास गर्ने, गुरुकुल बचाउने , धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको ‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ आगामी मंसीर २६ गते सम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव यज्ञ सम्पादन मूल समितिका महासचिव पुष्प भट्टराईले  जानकारी दिए ।