बिर्तामोड। बिर्तामोड बचत तथा ऋण सहकारी संस्था बिर्तामोड– ४ को ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सरोजकुमार उप्रेतीको अध्यक्षता तथा बिर्तामोड  –४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी लेखापाल मुना भुजेलले  स्वागत गरेकी  थिइन्।

कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य एक हजार छ सय २३ जना, शेयर पुँजी ६० लाख ९३ हजार दुई सय ३६ रुपैयाँ, निक्षेप संकलन ६१ लाख १७ हजार नौ सय ७६ रुपैयाँ ३२ पैसा, कर्जा लगानी एक करोड ७३ लाख ८४ हजार तीन सय ९२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा नेपाल अडिटर्स एशोसिएशन झापाका अध्यक्ष होमनाथ उप्रेती, मनमोहन मेमोरियल सामुदायिक अस्पताल समितिका सचिव रोमणी भट्टराई, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली , जिल्ला बचत संघ झापाका उपाध्यक्ष विपी भट्टराई,बिर्तामोड  –४ का वडासदस्य उमेश राउत, राष्ट्रिय सहकारी वैंकका धर्मेन्द्र राजवंशी, शेयर सदस्य गणेश सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य रोहितकुमार नेपाल, असल बचतकर्ता दिपक गौतम, दुर्गा नेपाल, रोजिना चौधरी, असल ऋणि रेखा ठाकुर , उत्कृष्ट कर्मचारी मुना भुजेललाई सम्मान गरिएको थियो ।

 लेखा समितिकोे प्रतिवेदन वाचन गरिएको  कार्यक्रमको सञ्चालन संस्थाका सचिव  नरप्रसाद उप्रेतीले गरेका थिए ।