बिर्तामोड ।  नेपाल मगर संघ झापाको आयोजना तथा नेपाल मगर साँस्कृतिक संघ ,नेपाल मगर महिला संघ र नेपाल मगर विद्यार्थी संघको सहआयोजनामा  मिनाम ल्हेस ५०१७ माघे सँक्राती २०८० को राष्ट्रिय पर्ब मनाइएको छ ।

नेपाल मगर संघ झापाका अध्यक्ष विकास थापामगरको अध्यक्षता तथा संस्थाका सल्लाहकार शिवशंकर थापाको प्रमाुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका बुद्धशान्ती अध्यक्ष शिव थापाले स्वागत गरेका थिए ।

कार्यक्रममा विष्णु थापामगर, कैलाश थापालगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा चोकबहादुर मगरले गीत प्रस्तुत गरेका थिए भने अन्य कलाकारहरुले मगर संस्कृति सम्वन्धी कौडा, हुर्रा, मारुनी नृत्यसहितका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल मगर साँस्कृतिक संघ झापाकी अध्यक्ष लिला थापामगरले गरेकी थिइन् ।