बिर्तामोड । साहित्य चौतारी झापाले  मासिक सांगीतिक काव्य सभासहित नेपाल र भारतका पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन गरेको छ ।

साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत माघ महिनाको मासिक सांगितिक काब्यसभामा नेपाल र भारतका पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन गर्नुका साथै अग्रज स्रष्टा दीर्घ साधना सम्मानबाट अभिनन्दित अमर सर्जक कुमार सुब्बा , नेपाली साहित्य तथा साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जकहरु गायक तथा संगीतकार  तारादेवी, लता मंगेशकर ,नोर्बु छिरिङ्ग , योगेश बैद्यको स्मृतिमा श्रद्धा सुमन अर्पणसहित उनीहरुका सृजना प्रस्तुत  गरिएको हो । 

 साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थाकी अभिनन्दित मानार्थ सल्लाहकार अभिभावक शान्ती ठटालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका कलातर्फका उपाध्यक्ष हिम्मत नेम्वाङले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए ।

साहित्य चौतारीका तत्कालिन सचिव स्व. डिकमान विरहीको शव्द रहेको स्वागत गीत साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,निशु निरौलासहितका कलाकारले प्रस्तुत गरेको कार्यक्रममा संस्थापक संरक्षक तथा अध्यक्ष श्रेष्ठका दिवंगत मातापिता स्व. भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमारी श्रेष्ठ , स्व. धनमाया बिमली र स्व. जगन्नाथ विमली तथा संस्था स्थापनादेखि हालसम्मका दिवंगत श्रष्टाहरुको स्मृतिमा मौनधारण गरिएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक राजेन्द्र संग्रौलाले नवनिर्वाचित समितिका पदाधिकारी , मानार्थ सल्लाहकार, सल्लाहकार, कानूनी सल्लाहकार, प्रेस सल्लाहकार,रजतवर्ष स्मारिका प्रकासन समितिका पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । अर्जुनधारा जलेश्वरधामका अर्चक हेमन्त भण्डारीको नेतृत्वमा आएका बटुकहरुले स्वस्ती वाचन र आर्ट स्टुडियो महिला नौमती बाजा समूहका महिलाले नौमती बाजा बजाउँदै प्रमुख अतिथि ठटालले पानसमा दिप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । 

 कार्यक्रममा  भारतका नेपालीभाषी  अग्रज साँगीतिक श्रष्टाहरु वरिष्ठ संगीतकार तथा गायकहरु अशोक राई ,मणिकमल क्षेत्री , दुर्गा खरेल र नेपालका साहित्यकार पुण्यप्रसाद ओली, साहित्य चौतारी झापाकी सस्थापक सल्लाहकार नवकुमारी खनाललाई अभिनन्दन गरिएको थियो । उनीहरुलाई साहित्य चौतारीका सल्लाहकारहरु शिरो सान्दाई र हरिनारायण भट्टराईले बाचन गरेको अभिनन्दन पत्र, माला, खादा अर्पण गरिएको थियो । 

सोही कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ र संस्थापक संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठको ३८ औं वैवाहिक वर्षगाठ मनाइएको थियो । एक अर्कालाई माला लगाइदिएपछि अर्जुनधारा जलेश्वरधामका अर्चक हेमन्त भण्डारीको नेतृत्वमा आएका बटुकहरुले स्वस्ती वाचन र आर्ट स्टुडियो महिला नौमती बाजा समूहका महिलाले नौमती बाजा बजाउँदै प्रमुख अतिथि र अन्य अतिथि तथा शुभचिन्तकले टिका लगाउँदै खादा, माला , उपहार प्रदानगरी दिर्घ जीवनको शुभकामना दिएका थिए । 

कार्यक्रममा  अग्रज स्रष्टा दीर्घ साधना सम्मानबाट अभिनन्दित अमर सर्जक कुमार सुब्बा , नेपाली साहित्य तथा साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जकहरु गायक तथा संगीतकार तारादेवी, लता मंगेशकर ,नोर्बु छिरिङ्ग , योगेश बैद्यको स्मृतिमा श्रद्धा सुमन अर्पणसहित मनिसा भट्टराई, निशु निरौला, भक्त विश्वास,सप्तक संगीतालय बिर्तामोडका संस्कार सापकोटा, एन्वीका पाण्डे ,आर्या कार्की,लिरिक्स राज्यलक्ष्मी पौडेल, राशिका खतिवडा, सिद्धान्त शर्माले गीत ,मारिया लिम्वू, आरध्या पोखरेलले नृत्य प्रस्तुत गरी  उनीहरुलाई सम्झिएका थिए । 

कार्यक्रममा साहित्यकार मीना अधिकारीले साहित्य चौतारीसम्वन्धी कविता, इलामे जेठोले मुक्तक प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिनन्दीत व्यक्तित्वको तर्फबाट वरिष्ठ संगीतकार तथा गायकहरु अशोक राई ,दुर्गा खरेल र भारतका नेपालीभाषी श्रष्टाहरु रमेश गुरुङ, स्नेहश्री थापा, अनमोल राईलगायतले गीत प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध बनाएका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार प्राज्ञ सुभद्रा भट्टराई, सुमित्रा वाङदेल चेलीलगायतले साहित्य चौतारीले आफूहरुलाई यो अवस्थामा पुर्याएको बताए । कार्यक्रममा प्रमुख अतिथि संस्थाकी अभिनन्दित मानार्थ सल्लाहकार अभिभावक शान्ती ठटालले साहित्य चौतारीले गरेको कार्यबाट आफू प्रभावित भएको बताउँदै साहित्य चौतारीले साहित्य,कला ,संगीतका नवप्रतिभाहरुलाई मञ्च प्रदान गरेकोमा खुशी व्यक्त गरिन् ।

साहित्य चौतारीले साहित्य,कला ,संगीतका क्षेत्रमा योगदान गरेका नेपाल र भारताका अग्रज श्रष्टालाई सम्मान गरेर  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले सबैको मन जितेको बताइन् ।उनले रजत वर्षको शुभकामना दिँदै साहित्य चौतारीले रजत वर्ष मात्र होइन शतवार्षिक मनाउन सफल होस् भन्ने शुभकामना दिइन् । 

कार्यक्रममा संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले  संस्थाको स्थापनाकालदेखि संस्थासंग जोडिएर उल्लेखनीय योगदान गर्ने भारतका नेपालीभाषी  अग्रज साँगीतिक श्रष्टाहरु वरिष्ठ संगीतकार तथा गायकहरु अशोक राई ,मणिकमल क्षेत्री , दुर्गा खरेल र नेपालका साहित्यकार पुण्यप्रसाद ओली, साहित्य चौतारी झापाकी सस्थापक सल्लाहकार नवकुमारी खनाललाई अभिनन्दन गर्न पाउँदा संस्था आफैं अभिनन्दीत भएको बताउँदै उहाँहरुको आशिर्वाद संधै प्राप्त गरिरहने जनाए ।

उनले संस्थाको नवनिर्वाचित पदाधिकारी,  मानार्थ सल्लाहकार, सल्लाहकार, कानूनी सल्लाहकार, प्रेस सल्लाहकार,रजतवर्ष स्मारिका प्रकासन समितिका पदाधिकारीहरुलाई वधाई तथा शुभकामना दिँदै आगामी कार्यकाल सफलतापुर्वक सम्पन्नहुनेमा विश्वास व्यक्त गरे । 

साहित्य चौतारी  रजतवर्षसम्म आइपुग्दा स्थापनाकालदेखि संस्थासंग जोडिएर संस्थाको श्रीवृद्धिमा योगदान पुर्याउनुहुने होटल हिकोलाहेरिटेज, हिकोला कलरल्याव, अनुपमा ट्राभल्ससहित  सबैमा धन्यबाद दिँदै आगामी दिनमा रचनात्मक सहयोगको अपेक्षा गरे । कार्यक्रममा संस्थापक अध्यक्ष शिवशंकर थापा, पूर्व अध्यक्ष केशव आचार्य , निवर्तमान अध्यक्ष हस्त परियार, मानार्थ सल्लाहकार वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारी दम्पत्ति,  भारतीय साहित्यकारहरुलाई कार्यक्रममा ल्याउन सहजीकरण गर्ने डिएल प्रधानसहित नेपाल र भारतका अग्रज तथा नवप्रतिभा श्रष्टाहरुको सहभागिता रहेको थियो ।

संस्थाका सहसंरक्षक तथा सहसचिव गौरव श्रेष्ठले मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव भानुभक्त कुभिण्डेलीले गरेका थिए ।