बिर्तामोड । झापाको काँकडभिट्टास्थित होटल हिकोला हेरिटेजले चौथो वर्ष पुरा गरी पाँचौं वर्ष प्रवेश गरेको अवसरमा सांगीतिक काव्य सभासहित नेपाल र भारतका पाँच जना अग्रज श्रष्टालाई अभिनन्दनसहितका कार्यक्रम गर्ने भएको छ । 

काँकडभिट्टास्थित होटल हिकोला हेरिटेजले चौथो वर्ष पुरा गरी पाँचौं वर्ष प्रवेश गरेको अवसरमा आगामी माघ २६ गते साहित्य चौतारी झापाको संयोजनमा  साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत सांगितिक काब्यसभासहित नेपाल र भारतका पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन गर्नुका साथै  नेपाली साहित्य तथा साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक स्वर किन्नरी अरुणा लामाको स्मृतिमा श्रद्धासुमन अर्पणसहित उनका सृजना र अन्य सृजना प्रस्तुत  गर्ने भएको हो । 

होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक तथा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

काँकडभिट्टास्थित होटल हिकोला हेरिटेजले चौथो वर्ष पुरा गरी पाँचौं वर्ष प्रवेश गरेको अवसरमा आगामी माघ २६ गते पूर्वी नाका काँकडभिट्टाबाट  नेपाल भित्रिने पर्यटक लाई आर्ट स्टुडियो महिला नौमती बाजा समूहका महिलाले नौमती बाजा र विभिन्न जातीका बाजा बजाउँदै सीमा नाकामा पुगेर स्वागत एवम् सम्मान गरिने उनले बताए । 

काँकडभिट्टास्थित होटल हिकोला हेरिटेजमा पर्यटन प्रवद्र्धनमा साहित्य,संगीत ,कला,भाषा,संस्कृति र परम्पराको भूमिका विषयक कार्यपत्र प्रस्तुतिसहितको अन्तरक्रिया गर्नुका साथै नेपाल र भारतका पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन गरिने,  नेपाली साहित्य तथा साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक स्वर किन्नरी अरुणा लामाको स्मृतिमा श्रद्धासुमन अर्पणसहित उनका सृजना र अन्य सृजना का साथै विभिन्न जातीय नृत्य, भारतीय र स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने उनले बताए ।  

कार्यक्रममा भारतका नेपालीभाषी  अग्रज श्रष्टाहरु वरिष्ठ साहित्यकार तथा दीर्घ सञ्चार उद्यमी मिमलाल सापकोटा , वरिष्ठ साहित्यकार युवराज काफ्ले, मुक्ति उपाध्याय बराल, र नेपालका साहित्यकार साहित्य चौतारी झापाकी सस्थापक सदस्य विमला तुम्खेवा र साहित्य चौतारी झापाका सस्थापक सदस्य तथा साहित्य चौतारी झापाको प्रथम वार्षिकोत्सवका प्रमुख अतिथि राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई प्रथम निमन्त्रणा पत्र लेखक भक्त खपाङ्गीलाई अभिनन्दन गरिने उनले बताए ।

 उक्त कार्यक्रमको प्रमुख अतिथिमा साहित्य चौतारी झापाका सल्लाहकार साहित्यकार हरिनारायण भट्टराई र कार्यक्रम संयोजकमा होटल हिकोला हेरिटेजका प्रवन्धक तथा साहित्य चौतारी झापाका सहसंरक्षक सचिव गौरव श्रेष्ठलाई चयन गरिएको उनले बताए । 

होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक देवीभक्त श्रेष्ठले  आफ्नो ज्येष्ठ सुपुत्र गौरव श्रेष्ठको जन्मदिन पारेर २०७६ साल माघ २६ गते होटल हिकोला हेरिटेज काँकडभिट्टाको स्थापना गरेको बताउँदै  विभिन्न आरोह–अवरोहका बीच चौथो  वर्ष पूरा गरेको जनाए । सुदूरपूर्व झापाको काँकडभिट्टामा स्थापना भएको होटल हिकोला हेरिटेज चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको बताउँदै उनले आगन्तुक, अतिथि पाहुनाहरुको माया र सद्भावका कारण  होटल हिकोला हेरिटेज काँकडभिट्टा यो अवस्थासम्म आइपुग्न सफल भएको जनाए । 

२०७६ साल माघ २६ गते तत्कालिन  प्रदेश –१ का मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेज काँकडभिट्टाको उद्घाटन गरेको बताउँदै उनले काँकडभिट्टामा करोडौं रुपैयाँको लगानीमा होटल हिकोला हेरिटेज स्थापना भएको केही समयमा कोरोना संक्रमण सुरु भएर होटल व्यवसाय क्षेत्रमा ठूलो असर पुगे पनि अबिचलित यात्राका कारण पछिल्लो समय होटल हिकोला हेरिटेज काँकडभिट्टा  स्थापित हुँदै गएको जनाए ।

 होटल हिकोला हेरिटेज काँकडभिट्टाको वार्षिकोत्सवको अवसरमा होटलमा आउने ग्राहकलाई विशेष छूटको समेत व्यवस्था रहेको उनले बताए । 

साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठक  संस्थापक संरक्षक तथा अध्यक्ष श्रेष्ठका दिवंगत मातापिता स्व. भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमारी श्रेष्ठ , स्व. धनमाया बिमली र स्व. जगन्नाथ विमली तथा संस्था स्थापनादेखि हालसम्मका दिवंगत श्रष्टाहरुको स्मृतिमा मौनधारण गरी दीप प्रज्जवलन र पुष्पाअर्पण गरी शुरु गरिएको थियो ।

 बैठकमा साहित्य चौतारी झापाका नवनिर्वाचित कोषाध्यक्ष भवानीप्रसाद गौतमलाई साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । 

वैठकमा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, सहसंरक्षक सचिव गौरव श्रेष्ठ ,उपाध्यक्ष(कला) हिम्मत नेम्वाङ, शान्ता पौडेल (संगीत),  सहसचिव जीवन जगदिश धिताल, कोषाध्यक्ष भवानीप्रसाद गौतम,सहकोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ,सदस्यहरु चित्रा पौड्याल कोइराला, मनिषा भट्टराई, गोमा विमली, मानार्थ सल्लाहकार लोकनाथ पौड्याल,सल्लाहकार समितिका संयोजक राजेन्द्र संग्रौला, सदस्यहरु अनिरुद्र ओली, हस्त परियार, प्रेस सल्लाहकारहरु सुव्रत न्यौपाने र तुलसीप्रसाद निरौलालगायतको सहभागिता रहेको थियो ।

साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठसहित सहभागीले  स्वदेश गीत म मरे पनि मलाई मेरो देशको माया छ ,भक्ति भजन दुर्गति नाशिनी दुर्गा जय जय काल विनशिनी काली जय जय ,जाऊँ जाऊँ अर्जुनधारा धाम बोलको भजन र  अभिनन्दित अग्रज स्रष्टा मानार्थ सल्लहाकार अभिभावक लोकनाथ पौड्यालले कविता वाचन गरेका थिए । सह संरक्षक तथा सचिव गौरव श्रेष्ठले बैठक पुस्तिका  पढेर सबैमा बैठकमा भएको छलफल र निर्णयहरू सुनाउने जिम्मेवारी निर्वाह गर्दै,  सौहार्द र शान्तपूर्ण वातावरणमा बैठक सम्पन्न भएकोले उपस्थित सवैलाई धन्यवाद दिँदै  अध्यक्षले वैठक समापन गरेका थिए ।