बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुनकुमार मैनालीले  फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनबाट आफूले अध्यक्षमा जित्ने दावी गरेका छन् ।

पाँच दलीय गठबन्धन बनाउँदै स्वतन्त्र व्यवसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुनकुमार मैनालीले  बिर्तामोडका व्यवसायीहरुको हक अधिकारका लागी लड्दै आइरहेकाले आफूले बिर्तामोडका व्यवसायीहरुको मन र मत जित्ने  बताए । उनले  व्यवसायिको हकहितमा काम गर्ने २९ वुँदे प्रतिवद्धता सार्वजनिक गर्दै  स्वतन्त्र व्यवसायीक प्यानललाई मत दिन आव्हान गरेका छन् । 

स्वतन्त्र  व्यवसायिक प्यानलका २९ वुँदे प्रतिवद्धता यस्ता छन् 

स्थानीय तहबाट भएको कर बृद्धिलाई फिर्ता गराई प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने । सुरक्षित रुपमा रात्रिकालिन व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउने । सडकबत्ती र सीसी क्यामेराको व्यवस्थापन गराउने । व्यवसाय प्रबद्र्धन गर्न पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा कर्पोरेट गोदामसहितको प्रदर्शनी स्थलको व्यवस्थापन गर्ने । बिर्तामोडलाई बन्दमुक्त क्षेत्रका रुपमा प्रभावकारी कार्यान्वयन गराउने । बिर्तामोडको देवीहाट बुधबारे बजारमा निर्माण हुने “देवी कम्प्लेक्स” बहुतले बुउद्देश्यीय व्यापारिक भवन तत्काल निर्माण सुरु गर्न दबाब दिने । स्थानीय सरकारसँग सहकार्य गरी व्यवसायीबाट लिइएको शुल्कबाट नै व्यावसायिक राहत कोष स्थापना गर्ने, गराउने । बिर्तामोड उद्योग वाणिज्य संघको सेवा सुविधालाई डिजिटलाइज गराउने । साना मझौला व्यवसायीको आर्थिक कारोबारको कर तथा अन्तशुल्क प्रयोजनका लागि सहजीकरण गर्ने, गराउने । व्यावसायिक कारोबारमा फस्ट पार्टीबाट कारोबार सम्बन्धी सूचना शिक्षा सञ्चालन गर्ने । उद्यमी व्यवसायीका निम्ति गुनासो कक्ष स्थापना गर्ने । फोहोरमैला र ढल व्यवस्थापन तथा हरित बिर्तामोड बनाउनका लागि स्थानीय सरकारसँग समन्वय गर्ने ।डिजिटल र आइटीयुक्त बिर्तामोड बनाउन कर छुटका लागि पहल गर्ने । उद्योग वाणिज्य क्षेत्रलाई चन्दाचिठ्ठा मुक्त क्षेत्र बनाउने । छिमेकी देशको बजारलाई मध्यनजर गरी स्थानीय बजारलाई प्रबद्र्धन गर्न भन्सार करको दर उचित बनाउने विषयमा सरकारसँग लबिङ गर्ने । वस्तुगत क्षेत्रका व्यवसायीका समस्या पहिचान गरी सोको समाधानका लागि सक्रिय रहने । स्थानीय उद्योगको प्रबद्र्धनका लागि विशेष अभियान सञ्चालन गर्ने । अलैँची, अदुवा, अम्लिसो लगायतका कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारीकरणका लागि सहयोग पुर्याउने । कृषिजन्य वस्तुको व्यवस्थापनका लागि कृषि बजारलाई व्यवस्थित बनाउने । निर्वाहमुखी व्यापारलाई आधुनिकीकरण गर्न सहयोग पु¥याउने । बैंक, सहकारी तथा वित्तीय संस्था र व्यवसायीबीचको सम्बन्धलाई मजबुत र परिपुरक बनाउन पहल गर्ने । बिर्तामोड नगरक्षेत्रमा उद्योग व्यवसाय गर्ने सबैलाई संघप्रति विश्वासको वातावरण अभिवृद्धि गरी स्वतफूर्तः सदस्य बन्ने गरी संस्थागत विकास गर्ने । स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने गरी औद्योगिक महोत्सव गर्ने । महिला उद्यमीलाई दिँदै आएको सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिलाउन विशेष दबाब सिर्जना गर्ने । बिर्तामोड उद्योग वाणिज्य संघको सदस्यता शुल्कमा महिलालाई ५० प्रतिशत छुट उपलब्ध गराउने । बिर्तामोड उद्योग वाणिज्य संघको संरक्षकत्वमा “बिर्तामोड युवा उद्यम मञ्च” गठन गर्ने । सार्वजनिक, निजी र सहकारीबीच सहकार्यको वातावरण बनाउने । अतिथि सदनको प्रभावकारी व्यवस्थापन गर्ने कामका लागि पूर्वअध्यक्षहरु लगायतसँग सहकार्य र समन्वय गर्ने । व्यावसायिक सिप, तनाव व्यवस्थापन र उत्प्रेरणामूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।

स्वतन्त्र  व्यावसायिक प्यानलबाट  उम्मेदवार यस्ता छन् 

फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यावसायिक प्यानलबाट अध्यक्ष पदमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष गंगा मैनाली, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कृष्ण पौडेल, उद्योग सचिव विसम लिम्बू, वाणिज्य सचिव कृष्ण चापागाईं, कोषाध्यक्ष युवराज निरौला र सह–कोषाध्यक्षमा निशा सोनी कर्ण, खुल्ला सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, केदार खनाल, शोहनलाल राजबंशी, कृष्ण बजगाई , राकेश कुमार सिंह, चन्द्रा भट्टराई, अमिर खान, महिला सदस्यहरु सुष्मा उप्रेती (सुवेदी) र रिता चौधरी अग्रवाल रहेका छन् ।