बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका न्यौपाने २२२५ मत ल्याएर निर्वाचित भएका हुन् । न्यौपाने यस अघि  बिर्तामोड उद्योग बाणिज्य संघको  वरिष्ठ उपाध्यक्ष थिए ।   

 उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका अर्जुनकुमार मैनालीले १५२० मत प्राप्त गरे । मैनाली यसअघि  बिर्तामोड उद्योग बाणिज्य संघको महासचिव थिए । 

त्यस्तै  बिर्तामोड उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका राजकुमार घिमिरे (राजु) १८२६ मतका साथ निर्वाचित भए् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका सञ्जीव घिमिरेले १७८१ मत प्राप्त गरे । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका  बिशाल थापा २१०३ मत ल्याएर निर्वाचित भए  भने उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका ओमप्रकाश श्रेष्ठले १४७३ मत प्राप्त गरे ।

त्यस्तै बाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका जीवनकुमार खड्का १९२१ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका गंगाप्रसाद मैनालीले १६१९ मत प्राप्त गरे । 

त्यस्तै जनसम्पर्क उपाध्यक्षमा स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएकी  गोमा भट्टराई १८१६ मतका साथ निर्वाचित भएकी छिन् भने उनकी प्रतिस्पर्धी लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएकी  राधिका चुडाल हुमागाई १७५१ मत प्राप्त गरिन् ।

त्यस्तै महासचिबमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका  कुशल खतिवडा २११९ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका कृष्ण पौडेलले १४९४ मत प्राप्त गरे । 

उद्योग सचिवमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका  पुकार बराल १९९५ मतका साथ निर्वाचित भए भने उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका  बलबहादुर लिम्बु (बिशन) ले १५७१ मत प्राप्त गरे । 

बाणिज्य सचिवमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका राजकुमार साह १८५५ मतका साथ निर्वाचित भए भने उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका कृष्णप्रसाद चापागाईले १७१६ मत प्राप्त गरे । 

कोषाध्यक्षमा स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका युवराज निरौला १८८६ मतका साथ निर्वाचित भए भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका  दिपक मित्तलले १६११ मत प्राप्त गरे ।

 सह–कोषाध्यक्षमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएकी  तिलोतमा खत्री १८२७ मत ल्याएर निर्वाचित भएकी छिन् भने उनकी प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएकी निशा सोनी कर्णले १६३५ मत प्राप्त गरिन् ।

त्यसैगरी खुला सदस्यमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका  अनन्तलाल महतो १७६३, डिल्लीराम कोइराला १५६१, दिनेश श्रेष्ठ १६७२, रमेश घिमिरे १८०१, र स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका कृष्णप्रसाद बजगाई १६६८, केदार खनाल १५४५,  सत्रुघनप्रसाद गुप्ता १५२० मत ल्याएर निर्वाचित भए  भने खुला सदस्यमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका योगेश शर्मा भट्टराई, १४९१, अरुणकुमार जैन १४३९, श्यामकृष्ण पाठक १३४० , स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका अमिर खाँ पैठान १३३०, चन्द्रादेवी भट्टराई  १४५०, राकेशकुमार सिंह १०१८, सोहनलाल राजवंशी १२५५ मत प्राप्त गरी पराजित भए । त्यस्तै स्वतन्त्र उम्मेद्वारी दिएका समिल राईले ८४८ मत प्राप्त गरी पराजित भए । 

महिला सदस्यमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएकी शुशिलाकुमारी बस्नेत कार्की १७५७ र स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएकी सुश्मा उप्रेती सुवेदी १६९५ मतका साथ निर्वाचित भए भने महिला सदस्यमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएकी निशा शाह गुप्ता १६८५ र स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएकी रिता चौधरी अग्रवालले १३५६ मत प्राप्त गरी पराजित भए । 

१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा  एक स्वतन्त्रसहित ३९ जनाले उम्मेद्वारी दर्ता गराएका थिए ।  निर्वाचनबाट लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका अध्यक्षसहित  १२ पदमा  निर्वाचित भएका छन् भने स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट उम्मेद्वारी दिएका वरिष्ठ उपाध्यक्ष सहित ७ जना निर्वाचित भएका छन् ।  

 बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका थिए । एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल थियो भने अर्कातिर नेकपा एमाले , राप्रपा , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको रहेको थियो ।

 बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ५ हजार ६ सय ७३ मतदाता रहेकोमा मतदानमा ४ हजार ९५ मत खसेको थियो भने १ हजार ५ सय ७८ मतदाता अनुपस्थित रहेका थिए ।  त्यस्तै ३ हजार ९ सय ७५ मत सदर भएकोमा १ सय २० मत बदर भएको निर्वाचनसमितिका सञ्चार संयोजक केशव भट्टराईले बताए ।