बिर्तामोड । चुडाल बन्धु आमाबुबा कोष केन्द्रीय कार्यालय नेपालले ज्येष्ठ आमाबुबा,दाता, उत्कृष्ठ छोरी बुहारी,पत्रकारलगायतलाई सम्मान गर्ने भएको छ । 

आगामी चैत्र २४ गते शनिबार चुडाल बन्धु आमाबुबा कोष केन्द्रीय कार्यालय नेपाल कनकाई –८ लक्ष्मीपूरको सभाहलमा उनीहरुलाई सम्मान गरिने भएको संस्थाका अध्यक्ष कृष्णप्रसाद चुडालले बताए । 

चुडाल बन्धु आमाबुबा कोषबाट प्राप्त व्याजले वार्षिकरुपमा मातातीर्थ औंसीको अवसरमा विश्वभरी छरिएर रहेका चुडाल वन्धुका ज्येष्ठ आमाबुबा, छोरी , बुहारी र पत्रकारिताको माध्यमबाट चुडाल बन्धुको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने एक जना पत्रकारलाई सम्मान गरिदै आएको उनले बताए ।

चैत्र २४ गते हुने कार्यक्रममा एक सय ३६ जना ६५ वर्ष माथिका चुडाल बन्धुकी आमाहरु र ७५ वर्ष माथिका चुडाल बन्धुका बुबाहरु, चुडाल बन्धु आमाबुबा कोष  वृद्धिका लागि आर्थिक सहयोग गर्ने यस वर्षका दाता ७ जना, चुडाल बन्धुकी वर्ष उत्कृष्ठ छोरी एक जना, चुडाल बन्धुकी वर्ष उत्कृष्ठ बुहारी एक जना र उत्कृष्ठ पत्रकार एक जनालाई सम्मान गरिने उनले बताए ।

उनीहरुलाई मिष्ठान्न, नगद तथा यातायात खर्च र चुडाल बन्धुहरुको २०८१ सालको क्यालेण्डरसहित सम्मान गरिने उनले बताए ।

आगामी चैत्र २४ गते शनिबार चुडाल बन्धु आमाबुबा कोष केन्द्रीय कार्यालय नेपाल कनकाई –८ लक्ष्मीपूरको सभाहलमा हुने सम्मान कार्यक्रममा सहभागी हुनका लागी उनले विश्वभरी छरिएर बसेका चुडाल बन्धुका चेलिबेटि भान्जाभान्जि इष्टमित्र आमा बुबा कोषका  दातालाई आग्रह गरेका छन् ।