बिर्तामोड ।  बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला लक्ष्मीपूरमा सम्मानित भएका छन् । चुडाल बन्धु कल्याण समिति चुडाल बन्धु आमाबुबा कोषले बिर्ताज्योति साप्ताहिकका सम्पादक निरौलालाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमद्वारा संस्थाको गतिविधीलाई प्रचारप्रसार संस्थाको गरिमालाई उच्च राखेको भन्दै सम्पादक निरौलालाई सम्मान गरिएको हो ।

चुडाल बन्धु कल्याण समिति केन्द्रीय कार्यालय कनकाई –८ लक्ष्मीपूरको सभाहलमाआयोजित कार्यक्रममा  सम्पादक निरौलालाई चुडालवन्धु आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडाल, कार्यक्रमकी प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी , जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक नवराज कार्कीलगायतले नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

चुडालवन्धु आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडालको अध्यक्षता तथा कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपाध्यक्ष जयप्रसाद चुडालले स्वागत गरेका थिए । 

कार्यक्रममा चुडालवन्धु आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चुडाल बन्धु कल्याण समिति अन्तर्गत रहेको चुडाल बन्धु आमाबुबा कोषबाट प्राप्त व्याजले वार्षिकरुपमा मातातीर्थ औंसीको अवसरमा विश्वभरी छरिएर रहेका चुडाल वन्धुका ज्येष्ठ आमाबुबा, छोरी , बुहारी र पत्रकारिताको माध्यमबाट चुडाल बन्धुको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने एक जना पत्रकारलाई सम्मान गरिदै आएको बताए । 

कार्यक्रममा  पाँचौं पुस्ताका १५ जना, छैठौं पुस्ताका ८१ जना र सातौं पुस्ताका ४० जना गरी एक सय ३६ जना  ६५ वर्ष माथिका चुडाल बन्धुकी आमाहरु र ७५ वर्ष माथिका चुडाल बन्धुका बुबाहरु, चुडाल बन्धुकी वर्ष उत्कृष्ठ छोरी इन्दु चुडाल मिश्र, चुडाल बन्धुकी वर्ष उत्कृष्ठ बुहारी कुमारी खड्का चुडाल, चुडाल बन्धु आमाबुबा कोषवृद्धिका लागि आर्थिक सहयोग गर्ने  दाताहरु सुमित्रा चुडाल प्रसाईं, प्रेमरत्न–लक्ष्मी दंगाल चुडाल, भागीरथा –इन्दु चुडाल मिश्र, शिषम चुडाल, चन्द्रप्रसाद–शारदा चुडाल, हरिकुमार –अर्चना चुडाल, गोपाल चुडाललाई सम्मान गरिएको थियो । उनीहरुलाई दोसल्ला, मिष्ठान्न, नगद तथा यातायात खर्च र चुडाल बन्धुहरुको २०८१ सालको क्यालेण्डरसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा  प्रमुख अतिथि शिवाकोटी, चुडाल बन्धु कल्याण समितिका केन्द्रीय अध्यक्ष गोपाल चुडाल, पूर्व अध्यक्ष बेनुप्रसाद चुडाल, ओली वन्धु समन्वय समिति झापाका अध्यक्ष भवानीप्रसाद ओली, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक नवराज कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चुडाल बन्धुका ज्येष्ठ आमाबुबा चेलिबेटि भान्जाभान्जि इष्टमित्र ,आमा बुबा कोषका  दातालगायतको सहभागिता रहेको थियो ।  कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रदेव चुडालले गरेको चुडाल बन्धु कल्याण समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद चुडालले जानकारी दिए ।