बिर्तामोड । मुस्लिम समाज सेवा समिति बिर्तामोड नगर समितिले बिर्तामोड नगरपालिकाका ५८  जना अति विपन्न, गरिब तथा असहाय मुस्लिम परिवारलाई नगद,  खाद्यान्न तथा कपडा  वितरण गरेको छ।

इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का अवसरमा  इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद (ईद उल फित्र) मनाउन सहयोग पुग्ने उद्देश्यले अति विपन्न, गरिब तथा असहाय मुस्लिम परिवारलाई नगद, खाद्यान्न तथा कपडा  वितरण गरेको मुस्लिम समाज सेवा समिति बिर्तामोड नगर समितिका सचिव प्रिन्स शेख उर्फ अनवर शेखले बताए ।

बिर्तामोड नगरपालिकाका १० वटै वडाका ५८  जना अति विपन्न, गरिब तथा असहाय मुस्लिम परिवारलाई  चामल, खानेतेल, चना, चिनी,  नुन , बेसार, मुरै र सेवई वितरण गरिएको उनले बताए ।

त्यस्तै  उनीहरुलाई साडी, लुंगीलगायतका कपडा र प्रत्येकलाई नगद पाँच सय रुपैयाँ प्रदान गरेको संस्थाका सचिव प्रिन्स शेख उर्फ अनवर शेखले बताए ।

कार्यक्रममा मुस्लिम समाज सेवा समिति बिर्तामोड नगर समितिका अध्यक्ष धिमरोज मोहम्मद, उपाध्यक्ष मोहम्मद सादिक शेख, सौकात शेख , महासचिव फरिद शेख , सचिव प्रिन्स शेख उर्फ अनवर शेखले उक्त सामग्री वितरण गरेका थिए ।

इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद (ईद उल फित्र) मनाउन  अति विपन्न, गरिब तथा असहाय मुस्लिम परिवारलाई नगद,  खाद्यान्न तथा कपडा  वितरण गरेर उनीहरुको जीवनमा खुशीयाली ल्याउन पाउँदा आफूहरु आनन्दित भएको सचिव प्रिन्स शेख उर्फ अनवर शेखको भनाई छ  । 

इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद (ईद उल फित्र) मनाउन सरकारले चैत २९ गते बिहीबार सार्वजनिक विदा दिएको छ ।