बिर्तामोड । चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाको सहआयोजनामा नयाँ वर्ष २०८१को शुभकामना आदानप्रदानसहित  कोशी प्रदेशका कलाकारहरूसंग सिने समस्या र समाधान बिषयक बृहत् अन्तक्रिया कार्यक्रम गरिने भएको छ ।

चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश र मोरङ शाखाको बिराटनगरमा सम्पन्न संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

आगामी बैशाख ३ गते सोमबार विश्व कला दिवस समेतको अवसरमा बिराटनगरको ताण्डव रेष्ट्रो एण्ड बारमा नयाँ वर्ष २०८१को शुभकामना आदानप्रदानसहित  कोशी प्रदेशका कलाकारहरूसंग सिने समस्या र समाधान बिषयक बृहत् अन्तक्रिया कार्यक्रम गरिने चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशका सचिव सुवास संकल्प श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन आफूहरु लागीपरेको संस्थाका सहसचिव विकल श्रेष्ठले बताए ।

नयाँ वर्ष २०८१को शुभकामना आदानप्रदानसहित  कोशी प्रदेशका कलाकारहरूसंग सिने समस्या र समाधानु बिषयक बृहत् अन्तक्रिया कार्यक्रममा सहभागी हुन  कोशी प्रदेशका सम्पूर्ण कलाकारहरूलाई चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशकी अध्यक्ष सञ्जु राईले आग्रह गरेकी छिन् ।