बिर्तामोड  । नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडले इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का अवसरमा इस्लाम धर्मावलम्बीहरुलाई जुस वितरण गरेको छ ।

एक महिनासम्म कठोर तपश्या तथा प्रार्थना गरेर रमजान मनााउने गरेका इस्लाम धर्मावलम्बीहरुलाई इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का दिन जुस वितरण गरेको मधेसी समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर मण्डलले बताए ।

इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का दिन  एक अर्कामा अंकमाल गर्दै खुशी साटासाट गरी शुभकामना समेत आदन–प्रदान गरिएको कार्यक्रममा आफूहरुले मुस्लिम समुदायसंग धार्मिक तथा सामाजिक सद्भाव स्थापित गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको उनको भनाई छ ।

बिर्तामोड –३ बिर्ताबजारस्थित इदगाहमा भएको कार्यक्रममा एक हजार पाँच सय भन्दा वढीलाई जुस बितरण गरिएको मधेसी समाज सेवा समिति बिर्तामोडका  प्रकाश महतोले बताए ।

कार्यक्रममा सहभागी  बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मेघराज वाँस्तोला,  मदरसा तालिमुन कुरान आधारभूत विद्यालयका अध्यक्ष अफ्रोज खानले नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडले इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का अवसरमा इस्लाम धर्मावलम्बीहरुलाई जुस वितरण गरेर समाजमा उदाहरणीय कार्य गरेको बताए ।

नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडले विभिन्न सामाजिक कार्य गदैं आइरहेको नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडका सचिव शम्भु शाहले जानकारी दिए ।