बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले शुद्ध पानी वितरणका लागी आर ओ वाटर प्युरीफायर सिस्टम हस्तान्तरण गरेको छ ।
झापाको अर्जुनधारा –१ स्थित भिमले आधारभूत विद्यालयमा उक्त कार्य गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट मोनिका अग्रवालले बताइन् ।
उक्त विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई शुद्ध खानेपानी उपलव्ध गराउने उद्धेश्यले शुद्ध पानी तिम्रो लागी नानी भन्ने प्रोजेक्ट अन्तर्गत शिखर इन्स्योरेन्सको सहकार्यमा विद्यालयमा आर ओ वाटर प्युरीफायर सिस्टम स्थापना गरिएको उनले बताइन् । उनले आफ्नो एक वर्षे कार्यकालको अन्तिम कार्यक्रम गरिएको बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद बरालको अध्यक्षता तथा वडासदस्य दिनेश घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट सिद्धार्थ नविन उप्रेती, प्रेसिडेन्ट इलेक्ट राजेन्द्र अग्रवाल, टीच कोअर्डिनेटर रत्ना वुडाथोकी , इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी इमिडेट पास्ट प्रेसिडेन्ट सम्झना भण्डारी , पास्ट प्रेसिडेन्ट रेनु वंशल, भाइस प्रेसिडेन्ट जुनु उप्रेती विमली, ट्रेजरर रिजु क्षेत्री, मिडिया इडिटर अनिता शर्मा, वोर्ड मेम्वर रेखा अग्रवाल, नीलम अग्रवाल, वर्षा राजभण्डारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी लुना बस्नेतले गरेकी थिइन् ।




















