बिर्तामोड । रोटरी क्लव अफ विर्तामोड मिडटाउनको ११ औं तथा रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको १० औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सन् २०२४\२०२५ को जुलाई १ तारिकदेखि कार्यभार सम्हालेका रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट राजेन्द्रकुमार अग्रवाल र रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट सञ्जय अग्रवालले बिर्तामोडमा आयोजित कार्यक्रमका बीच एक बर्षका लागि पदभार ग्रहण गरेका हुन् ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२३÷०२४ का प्रेसिडेन्ट सिद्धार्थ नवीन उप्रेतीको अध्यक्षता तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोटरियन सुभला तामाङले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२३\०२४ का प्रेसिडेन्ट सिद्धार्थ नवीन उप्रेतीले आफ्नो कार्यकालमा रोटरीले गरेका कार्यहरुको जानकारी गराएका थिए । उनले आफ्नोृ कार्यकालमा विभिन्न २१ वटा कार्यक्रम गरिएको तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले रोटरीका १५७ वटा शाखामध्ये वेस्ट क्लव क्लव एडमिनिष्टेशन अवार्ड प्राप्त गरेको साथै आफूले लाइट अफ होप प्रेसिडेन्ट अवार्ड प्राप्त गरेको जनाए ।
कार्यक्रममा रोटरी क्लबका एसिस्टेन्ट गर्भनर सुजन प्रधानले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सन् २०२४\२०२५ का प्रेसिडेन्ट राजेन्द्रकुमार अग्रवाललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरणसहित पद तथा गोपनियताको सपथ गराएका थिए । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवालले सन् २०२४\२०२५ का प्रेसिडेन्ट राजेन्द्रकुमार अग्रवाललाई चाटर्ड सर्टिफिकेट प्रदान गरेका थिए भने सन् २०२३ \२०२४ का प्रेसिडेन्ट सिद्धार्थ नवीन उप्रेतीले सन् २०२४\२०२५ का प्रेसिडेन्ट राजेन्द्रकुमार अग्रवाललाई विर्तामोड मिडटाउनको च्याप्टरको प्रमाणपत्र र ग्यावल गन हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए । आफूले सपथ ग्रहणसहित पदभार ग्रहण गरे पश्चात नवनिर्वाचित प्रेसिडेन्ट अग्रवालले मिटिङको कल तथा निर्देशन गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित प्रेसिडेन्ट अग्रवालले आफ्नो कार्यकालमा आफूले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई नयाँ उचाईमा पुर्याउने बताउँदै सबैको साथ र सहयोग पाएमा आफ्नो एक वर्षे कार्यकाल उत्कृष्ट बनाउने प्रतिवद्धता जनाए ।
नवनिर्वाचित प्रेसिडेन्ट अग्रवालले रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट इलेक्ट पुष्पाञ्जली सिन्हा ठकुरी , प्रेसिडेन्ट नोमिनी लक्ष्मण अग्रवाल , भाइस; प्रे;िडेन्ट होम कार्की, सेक्रेटरी रोषन बुढाथोकी, ज्वाइन्ट सेक्रेटरी अनिल सापकोटा, ट्रेजरर सुजित वंशल, ज्वाइन्ट ट्रेजररमा मनिष धानुका, डाइरेक्टर (चेयर क्लव एडमिनिष्टे«शन) ;सन्नी गोयल, डाइरेक्टर (चेयर मेम्वरसीप ) राजीव जैन, डाइरेक्ट्र ( चेयर पब्लिक इमेज) सुभला तामाङ, डाइरेक्टर (चेयर टीआरएफ) अपर्णा घिमिरे, डाइरेक्टर ( चेयर युथ सर्भिस ) चन्द्रप्रकाश वाँस्कोटा , टीच चेयर रत्ना बुढाथोकी, डाइरेक्टर शेरबहादुर थापा, जीपी पाण्डे, निरज चौधरी,सर्जेन्ट एट आम्स कोमल धानुका , क्लब एडिटर भास्कर शर्मा, क्लब मेन्टर उमेश डालमिया , भेषराज भण्डारी (प्रशान्त), क्लब ट्रेनर शिवकुमार अग्रवाल ,ग्लोवल ग्रान्ट कमिटी चेयर सुभ कुमाइ पाठक, सर्भिस प्रोजेक्ट चेयर डा. अजय अग्रवाल ,सर्भिस प्रोजेक्ट को–चेयर तुलसीप्रसाद मिश्र , इन्टरयाक्ट कोअर्डिनेटर सुमन शर्मा जमरकट्टेल , मिडिया पर्सन तुलसीप्रसाद निरौला लगायतलाई पद तथा गोपनियताको सपथ गराएका थिए । रोटरी क्लव अफ विर्तामोड मिडटाउनका एसिस्टेन्ट गर्भनर ;सुजन प्रधान, चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाल र प्रेसिडेन्ट इलेक्ट सिद्धार्थ नवीन उप्रेती रहेका छन् । सोही कार्यक्रममा नयाँ सदस्यता समेत प्रदान गरिएको थियो ।
त्यस्तै रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको १० औं पद हस्तान्तरण कार्यक्रम गरिएको थियो । रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी सन् २०२४\२०२५ का प्रेसिडेन्ट सञ्जय अग्रवाललाई रोट्रयाक्ट क्लबका जोनल रोट्रयाक्ट रिप्रजेन्टेटिभ पानस प्रज्जवल अधिकारीले प्रेसिडेन्ट कलर(चेन) लगाइदिएर पद तथा गोपनियताको शपथ खुवाएका थिए । कार्यक्रममा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२३\०२४ का प्रेसिडेन्ट जितेस अग्रवालले नवनिर्वाचित प्रेसिडेन्ट सञ्जय अग्रवाललाई ग्याबल हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए भने चाटर्ड प्रसिडेन्ट शरद जोशीले चाटर्ड सर्टिफिकेट प्रदान गरेका थिए ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२३\०२४ का प्रेसिडेन्ट जितेस अग्रवालले आफ्नो कार्यकालमा रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनले एक सय १० वटा गरेका कार्यहरुको जानकारी गराएका थिए भने सन् २०२४\२०२५ का प्रेसिडेन्ट सञ्जय अग्रवालले आगामी वर्षमा गरिने कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी सन् २०२४\२०२५ का प्रेसिडेन्ट सञ्जय अग्रवालले रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट इलेक्ट अमन मित्तल ,भाइस प्रेसिडेन्ट भिष्म घिमिरे र रोनल मित्तल, सेक्रेटरी पिउस खेतान ,ज्वाइन्ट सेक्रेटरी सौम्य शर्मा , सर्जेन्ट एट आम्स दिपेस अग्रवाल, ट्रेजरर किसन गोयल, क्लब सर्भिस चेयर डाइरेक्टर सन्दीप गिरी , कम्युनिटी सर्भिस चेयर डाइरेक्टर अपर्णा सापकोटा, प्रोफेसनल सर्भिस चेयर डाइरेक्टर करिस्मा नेम्वाङ, इन्टरनेशनल सर्भिस चेयर डाइरेक्टर मौसम घिमिरे, द रोटरी फाउण्डेसन चेयर अर्चना अधिकारी, क्लव पव्लिक इमेज चेयर ग्रेस राजभण्डारी, स्पेसियल एरिया प्रोगाम चेयर दिनेस खतिवडा, योङ लिडर कन्ट्याक्ट हरदेव राजवंशी (साजर) रोट्रयाक्ट लर्निङ फेसिलेटर एडभाइजर कमिटिी मेम्वर सन्नी गोयल, रोटरी रोट्रयाक्ट चेयर एडभाइजर कमिटिी मेम्वर सुभला तामाङ,एडभाइजर कमिटिी चेयर शरद जोशीलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए ।कार्यक्रममा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनले १६ जनालाई नयाँ सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गिरीले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरुको प्रशंसा गर्दै झापाका सबै रोटररी क्लब मिलेर एउटा प्राबिधिक शिक्षा अध्यन गर्नेहरुको लागि एजुकेशन स्कलसीप फण्ड बनाउन, बिर्तामोडमा बाहिरबाट बिरामी लिएर आएर बस्न कुरुवाहरुको लागि खान बस्नको लागि राम्रो आवास गृह बनाउन, झापामा बिपद ब्यावस्थापनको लागि इमरजेन्सी रेस्पोन्स सेन्टर तयार गर्न सुझाव दिएका थिए । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकी पुस्पाञ्जली सिन्हा ठकुरीले टोस्ट प्रोेपोजल प्रस्तुत गरेको कार्यक्रममा सुमन शर्मा जमरकट्टेलले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका निवर्तमान सेक्रेटरी होमबहादुर कार्की,सेक्रेटरी रोषन वुढाथोकी र रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी निवर्तमान सेक्रेटरी तथा द रोटरी फाउण्डेसन चेयर अर्चना अधिकारीले गरेका थिए ।




















