बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय शारिरिक सुगठन प्रतियोगिताको तयारी गरिएको छ ।
सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रदेश खेलकूद विकास बोर्डको आयोजना , झापा जिल्ला खेलकूद विकास समितिको संयोजन तथा झापा जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा आगामी असार २२ गते प्रतियोगिता हुने भएको झापा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)ले जानकारी दिए ।
प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिव २ सय जना खेलाडीको सहभागिता रहने बताउँदै प्रतियोगीले सम्बन्धित जिल्लाबाट मात्र सहभागिता जनाउन पाइने जानकारी दिए ।
प्रतियोगतामा ५५, ६०, ६५, ७० र ७० केजीभन्दा बढी तौल समूहमा प्रतिस्पर्धा हुने झापा जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका कार्यबहाक अध्यक्ष चुडामणि दाहाल( राजु) ले बताए ।
सबै तौल समूहबाट पहिलो हुनेले प्रतियोगिताको ओभरअलमा सहभागिता जनाउने बताउँदै उनले प्रत्येक तौल समूहबाट दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीले क्रमशः ७ हजार र ५ हजार नगद पुरस्कार पाउने जनाए ।
त्यस्तै प्रतियोगिताको ओभरअलबाट च्याम्पियन बन्ने खेलाडीले नगद १ लाख ५० हजार र आकर्षक ट्रफी , यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने उनले बताए ।
प्रतियोगिताका लागि अनुमानित २० लाख रुपैयाँ खर्च हुने बताउँदै त्यसका लागी आवश्यक सहयोग गर्न आग्रह गरे ।
प्रतियोगितामा ट्रफी र मेडल ग्यालेक्सी फिटनेस बिर्तामोडले सौजन्य गर्ने झापा जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका सल्लाहकार तथा ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र रानामगरले जानकारी दिए । कार्यक्रममा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल, राम दाहाल, राष्ट्रिय खेलाडी तुल श्रेष्ठ, संघकी कोषाध्यक्ष निशा पोमुलगायतको सहभागिता रहेको थियो ।




















