बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी नवनिर्वाचित प्रेसिडेन्ट जुनु विमली उप्रेतीले सामाजिक कार्य गरेर आफ्नो कार्यकाल शुभारम्भ गरेकी छिन् ।

उनले  बिर्तामोडमा रहेको तारा नमस्ते वालगृहमा रहेका वालवालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेर कार्यकालको शुभारम्भ गरेकी हुन् ।

झापा विर्तामोड निवासी विनोद पोखरेल र वन्दना पोखरेलका सुपुत्र वेन्सेन पोखरेलको जन्मदिन मनाउन समन्वय गरी तारा नमस्ते वालगृहमा रहेका वालवालिकाहरुसंग जन्मदिनसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको उनले बताइन् ।

दिप प्रज्जवलन गरी तारा नमस्ते वालगृहमा रहेका वालवालिकाहरुलाई खानेकुरा खुवाउँदै शैक्षिक सामग्री वितरण गरिएको उनले बताइन् ।

वालवालिकालाई सानैदेखि असल संस्कार सिकाउन आफूले पहिलो कार्यक्रमको रुपमा अनाथ वालवालिकासंग जन्मदिन मनाउने कार्यक्रम राखेको उनको भनाई छ ।

कार्यक्रममा सहभागी इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पास्ट प्रेसिडेन्ट रेनु वंशल, सम्झना भण्डारीलगायतले जन्मदिन मनाउने वेन्सेनलाई जन्मदिनको शुभकामना दिँदै इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी नवनिर्वाचित प्रेसिडेन्ट जुनु विमली उप्रेतीलाई कार्यसफलताको शुभकामना दिएको सेक्रेटरी रिजु क्षेत्री पाण्डेले जानकारी दिइन् ।