बिर्तामोड । पछिल्लो समय नेपाली समाजमा जन्मदिन, विवाह वर्षगाठ, लगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउने प्रचलन बढ्दो छ ।

तर, त्यस्ता कार्यमा गरिने फजुल खर्चले सामाजिक कार्य गर्नेहरु पनि समाजमा प्रशस्तै भेटिन थालेका छन् । यसको प्रत्यक्ष उदाहरण बनेका छन् झापा बिर्तामोड –५ निवासी युवा व्यवसायी विश्वेश्वरप्रसाद बजगाई (विपिन) र बिनिता बजगाई ।

उनीहरुले आफ्नो २५ औं विवाह वर्षगाठ   ठूला तारे होटलमा लाखौं रुपैयाँ खर्च गर्दै साथीभाइ, आफन्तसंग भोज खाएर मनाउन उचित नठानेर  पत्रकारसहितविभिन्न संस्थालाई सहयोग गरेर मनाएका छन् ।

बिर्तामोड –५ निवासी युवा व्यवसायी विश्वेश्वरप्रसाद बजगाई (विपिन) र बिनिता बजगाईले बिर्तामोड उद्योग वाणिज्य संघलाई दुई सेट जमेको पानी तान्ने (समरसिवल पम्प, दमकल डेलीभरी पाइप दुई सेट  हस्तान्तरण गरे ।

त्यस्तै उनीहरुले शंकराचार्य पीठ साधुटारका वटुकहरुलाई एक छाक खाना खुवाउनुका साथै एक विद्यार्थीको अभिभावकत्व ग्रहणका लागी अक्षयकोषमा ५१ हजार प्रदान गरे भने बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालाई स्वास्थ्य उपचारका लागी आर्थिक सहयोग हस्तान्तरण गरे । 

 पछिल्लो समय नेपाली समाजमा जन्मदिन, विवाह वर्षगाठलगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउने प्रचलन बढ्दो रहेको र त्यस्तो कार्यले समाजमा विकृति फैलिने भएकाले समाजमा जन्मदिन,विवाह वर्षगाठमा गरिने फजुल खर्चले सामाजिक कार्य गर्न सकिन्छ भन्ने सन्देश दिन आफूहरुले यस्तो कार्य गरेको व्यवसायी विश्वेश्वरप्रसाद बजगाई (विपिन)ले बताए । 

विगतका बर्षदेखि नै आफूले विवाह वर्षगाठ केही न केही नयाँ तरिकाले मनाउने गरेको बताउँदै उनले विवाह वर्षगाठमा अनावश्यक खर्च गर्नुभन्दा समाजमा केही फरक तरिकाले मनाउँदा आफूलाई आत्मसन्तुष्टी मिल्ने जानकारी दिए । 

 विवाह वर्षगाठ मनाउन परिवारका साथ अर्जुनधारा – १ स्थित शंकराचार्य पीठ साधुटार पुगेका उनीहरुलाई  उनले शंकराचार्य पीठ साधुटारका आचार्य लक्ष्मीप्रसाद खतिवडालाई वटुकहरुलाई एक छाक खाना खुवाउन ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए  ।

उनीहरुलाई शंकराचार्य पीठ साधुटारका वटुक र गुरुहरुले स्वस्ती वाचन गर्नुका साथै शंकराचार्य पीठ साधुटारका आचार्य लक्ष्मीप्रसाद खतिवडाले आशीर्वचन प्रदान गरेका थिए ।

त्यस्तै उनले शंकराचार्य पीठ साधुटारका कुसल खतिवडालाई  एक विद्यार्थीको अभिभावकत्व ग्रहणका लागी अक्षयकोषमा ५१ हजार रुपैयाँको चेक  प्रदान गरेका थिए ।  

    त्यस्तै उनले बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई  दुई सेट जमेको पानी तान्ने (समरसिवल पम्प र  दमकल डेलीभरी पाइप दुई सेट  हस्तान्तरण गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य समेत रहेका  युवा व्यवसायी विश्वेश्वरप्रसाद बजगाई (विपिन) ले अविरल परेको पानीका कारण  बिर्तामोडका व्यवसायीको पसल तथा गोदाममा हुनसक्ने क्षति न्युनिकरणका लार्गि उक्त सामग्री प्रदान गरेको बताए ।

 गत असार ११ गते अविरल वर्षाका कारण बिर्तामोडको विशाल मार्केट र प्रसाई मार्केटमा रहेका व्यवसायीहरुको पसलमा पानी पसेर  पानीले  पसलमा राखिएका सामग्रीमा भिजाएर नष्ट गर्दा व्यवसायीले लाखौं रुपैयाँको क्षति व्यहोर्नु परेको बताउँदै उनले बर्षाका कारण कुनैपनि व्यवसायीहरुको पसल तथा गोदाममा पानी जम्न गएमा तत्काल त्यसको निकासका लागी जमेको पानी तान्ने (समरसिवल पम्प र  दमकल डेलीभरी पाइप व्यवसायीलाई उपलव्ध गराउनका लागी आफूले बिर्तामोड उद्योग वाणिज्य संघलाई पम्प  प्रदान गरेको बताए ।

  युनिक मेसिनरी ट्रेडर्सका प्रोपाइटर तथा युनिक इन्टरप्राइजेज बिर्तामोडका प्रवन्ध निर्देशक समेत रहेका बजगाईंले विगत ७ ÷८ वर्षअघि वर्षाका कारण वाढी पसेर आफ्ना पसलका सबै सामग्री नष्ट गरेको पीडा आफूले अझै अनुभूत गरेकाले व्यवसायीको पीडामा मल्हमपटिट गर्न आफूले पम्प प्रदान गरेको बताए । 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघका कार्य समिति सदस्य विश्वेश्वरप्रसाद वजगाई (विपिन) र विनिता बजगाईले  २५ ओै  विवाह  बर्षगाठको अवसर पारेर जमेको पानी तान्ने (समरसिवल पम्प र  दमकल डेलीभरी पाइप प्रदान गरेर पुण्यको काम गरेको बताए ।

उनले वर्षाको पानीले निकास नपाउँदा विशाल मार्केट र प्रसाई मार्केटमा रहेका व्यवसायीहरुको पसलमा पानी पसेर  पानीले  पसलमा राखिएका सामग्रीमा भिजाएर नष्ट गर्दा व्यवसायीले लाखौं रुपैयाँको क्षति व्यहोर्नु परेको अवस्थामा बजगाईं दम्पत्तिले उपलव्ध गराएको पम्प वरदान सावित हुने बताए ।

उनले बर्षाका कारण कुनैपनि व्यवसायीहरुको पसल तथा गोदाममा पानी जम्न गई क्षति न्युनिकरणका लागि पानी निकाल्नु परेमा संघद्वारा उक्त पम्प निशुल्क उपलब्ध गराउने बताउँदै व्यवसायीलाई आवश्यक परे तत्काल  अध्यक्ष राजु न्यौपाने ९८५२६७२१०१, महासचिव कुशल खतिवडा ९८५२६७४६४० कोषाध्यक्ष युवराज निरौला ९८४२६५१०३४ सदस्य विपिन वजगाई ९८५२६७३२३९ कार्यालय सचिव राजु गौतम ९८०४९०२६६१ तथा संघको ०२३–५३०२३६ मा सम्पर्क गर्नु हुन उद्योगी ,व्यवसायीहरुलाई आग्रह गरे । 

 २०५१ सालबाट बिर्तामोडमा व्यवसाय शुरु गरेका बजगाईं  सामाजिक र धार्मिक विभिन्न संघ संस्थामा समेत सक्रिय भएर काम गर्दै आएका छन् ।  नयाँ उज्यालो सहकारी संस्थाका पूर्ब अध्यक्ष समेत रहेका सफल ब्यवसायिका रुपमा परिचित वजागाई केदार मनमाया स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन् ।

 कार्यक्रममा सहभागी  संघका उपाध्यक्ष विशाल थापा, कोषाध्यक्ष युवराज निरौला, सचिव राजकुमार शाह, सदस्य रमेश घिमिरे, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले बजगाईंलाई २५ ओै विवाह बर्षगाठको  शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा जमेको पानी तान्ने (समरसिवल पम्प र  दमकल डेलीभरी पाइपको डेमो प्रदर्शन गरिएको कार्यालय सचिव राजु गौतमले जानकारी दिए ।   बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव कुशल खतिवडाले गरेका थिए ।