बिर्तामोड । एम्नेष्टी इण्टरनेशनल नेपाल ,समूह  ५८  बिर्तामोड झापाको संयोजकमा रञ्जन धमला निर्वाचित भएका छन् । संस्थाको बिर्तामोडमा भएको २२ औं साधारणसभाले धमलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित सहसंयोजकमा सपना डाँगी , सचिवमा विकास कोइराला, कोषाध्यक्षमा बालकुमारी रसाइली रहेका छन् । त्यस्तै सदस्यहरुमा विमल राजवंशी, तेजमणी प्रसाईं, उषाकिरण अधिकारी, सरोज खरेल, सुरेन्द्र गिरी रहेका छन् । त्यस्तै क्षेत्रिय प्रतिनिधीमा संयोजक रञ्जन धमला र सहसंयोजक सपना डाँगी रहेका छन् ।

सोही साधारण सभाले सुरेशकुमार अग्रवाल भद्रपुरेको संयोजक र परासर दाहाल, पदमसुन्दर लामिछाने, शत्रुघनप्रसाद गुप्ता, चेतामणी खनाल सदस्य रहेको सल्लाहकार समिति गठन गरेको थियो ।

निर्वाचन सम्पन्न गर्न परासर दाहाल संयोजक र सत्यनारायण शर्मा , शत्रुघनप्रसाद गुप्ता सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । 

संस्थाका संयोजक पदमसुन्दर लामिछानेको अध्यक्षता तथा संस्थाका राष्ट्रिय उपाध्यक्ष तथा केन्द्रीय प्रतिनिधी केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व संयोजक परासर दाहालले स्वागत गरेका थिए ।

संस्थाका पूर्व संयोजक सुरेशकुमार अग्रवाल भद्रपुरेलगायतले शुभकामना व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव चेतामणी खनालले गरेका थिए ।