बिर्तामोड । रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनले १० औं चाटर्ड डे को अवसरमा पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामलाई डस्टविन प्रदान गरेको छ ।
श्रावणी पर्वको अवसर पारेर क्लवले अर्जुनधारा जलेश्वरधाममा आउने भक्तजनबाट उत्सर्जित फोहोरलाई व्यवस्थापन गर्ने उद्धेश्यले डस्टविन प्रदान गरेको रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट सञ्जय अग्रवालले बताए ।
रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट सञ्जय अग्रवाल, सेक्रेटरी पिउस खेतान, साप कोअर्डिनेटर दिनेश खतिवडा, कम्युनिटी सर्भिस चेयर अर्पणा सापकोटालगायतको टीमले अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानी, महासचिव शिवलाल खतिवडा, महासचिव मनोज जोशी, सदस्य भानुप्रसाद शिवाकोटीलगायतलाई १० वटा डस्टवीन हस्तान्तरण गरेका थिए ।
धामका अध्यक्ष गट्टानीले रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनले उपलव्ध गराएको डस्टवीनले अर्जुनधारा जलेश्वर धाम परिसरलाई सफा राख्नुका साथै धामको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवर्धन र धाममा दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट सञ्जय अग्रवालले श्रावणी पर्वको अवसर पारेर भगवान शिवलाई जलापर्ण गर्न आउने भक्तजनलाई चिया, चिसो शुद्ध पानी उपलव्ध गराएको बताए । उनले मोतियाविन्दू भएका १ जनालाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइने जानकारी दिए ।




















