बिर्तामोड ।संयुक्त महिला आवाज नेपाल केन्द्रीय समिति विर्तामोड –२ झापाले कचनकवल गाउँपालिकाको शाखालाई पूर्णता दिएको छ । 

महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले गठन भएको संयुक्त महिला आवाज नेपाल केन्द्रीय समिति विर्तामोड –२ झापाले कोशी प्रदेश साँसद निमसरी राजवंशीको प्रमुख आतिथ्यमा कचनकवल गाउँपालिकाको शाखालाई पूर्णता दिएको हो ।

यस अघि संस्थाको बिर्तामोडमा भएको प्रथम साधारण सभाले कचनकवल गाउँपालिकाको शाखा संयोजकमा रुपा खनाल गौतमलाई चयन गरेको थियो । संस्थाको  कचनकवल गाउँपालिकाको शाखाको उपाध्यक्षमा गीता कार्की ,सचिवमा राधिका पौडेल ,सहसचिवमा बिमला खड्का कटुवाल, कोषाध्यक्षमा मुना तामाङलाई चयन गरिएको छ ।

त्यस्तै संस्थाको सदस्यहरुमा पुस्पा कार्की ,टंकमाया दर्जी, इन्द्रकला गणेश रहेका छन् । त्यस्तै संस्थाको सल्लाहकारमा कोशी प्रदेशकी साँसद  निमसरी राजवंशी रहेकी छिन् ।

झापाको विर्तामोड –२  चारपानेमा केन्द्रीय कार्यालय रहेको संयुक्त महिला आवाज नेपाल केन्द्रीय समितिले संस्थालाई झापाका १५ वटै स्थानीय तहमा विस्तार गरिने नीति अनुसार कचनकवल शाखा गठन गरी त्यसलाई पूर्णता दिइएको संयुक्त महिला आवाज नेपाल केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशले बताइन् ।

उनले  दक्षिणी झापाका महिलाहरुको जीवनस्तर सुधार, बालबालिकाको शिक्षा, स्वास्थ्य, महिला हक, अधिकार र संरक्षण एवं सामाजिक सरोकारका विषयमा कार्य गर्न कचनकवलमा शाखा विस्तार गरिएको बताइन् ।