बिर्तामोड । झापा दमकका नृत्य निर्देशक बिजय राईलाई निर्धक्कसंग वोल्न आउँदैन थियो । अझ कुनैपनि संस्थाको कार्यक्रम सञ्चालन गर्नुपर्यो भने उनी भाग्ने गर्थे । मञ्चमा गएर माइक्रोफोन समाएर वोल्न खोज्दा उनको स्वर लरवरिन्थ्यो , उनीभित्र भएको डर र लाजले गर्दा उनलाई मञ्चमा गएर वोल्न आँट आउँदैनथियो । यस्तो अवस्थाका विजयलाई अहिले कुनै कार्यक्रम सञ्चालन गर्न समस्या हुँदैन ।उनी अहिले मञ्चमा गएर मज्जाले कार्यक्रम सञ्चालन गर्छन् ।

नृत्य निर्देशक संघ नेपाल झापा जिल्ला समितिको आयोजना तथा नृत्य निर्देशक संघ नेपाल दमक नगर समिती को ब्यबस्थापनमा भएको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम कार्यक्रममा प्रशिक्षण लिएपछि उनमा आत्मविश्वास बढेको हो ।

उनले भने –एक दिनको प्रशिक्षणले त यत्तिको कार्यक्रम सञ्चालन गर्न सकें झन सात दिनको प्रशिक्षण लिन पाएँ भने यो भन्दा राम्रो कार्यक्रम सञ्चालन गर्न सक्छु ।

गाउँघरमा हुने सामन्य कार्यक्रममा पहिले हिच्किचाउने गरेको बताउने  नृत्य निर्देशकहरु नृत्य निर्देशक संघ नेपाल झापा जिल्ला समितिको आयोजना तथा नृत्य निर्देशक संघ नेपाल दमक नगर समितीको ब्यबस्थापनमा भएको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम लिए पश्चात आत्मविश्वास बढेको बताउँछन् ।

विद्यालयमा नृत्य सिकाउन व्यस्त रहने नृत्य निर्देशकहरुको क्षमता अभिवृद्धि गर्न तथा उनीहरुलाई कार्यक्रम सञ्चालनका लागी दक्ष बनाउन तालिमको आयोजना गरिएको नृत्य निर्देशक संघ नेपाल झापा जिल्ला समितिका अध्यक्ष अमन गुप्ता बताउँछन् ।

 उद्घोषण तालिम लिएपछि कार्यक्रम सञ्चालन गर्न अरु व्यक्ति खोज्नुपर्ने समस्या नहुने बताउँदै उनले हाल नृत्य निर्देशक संघ नेपालको विभिन्न पालिकाहरुमा विस्तार गरी त्यहाँका नृत्य निर्देशकहरुलाई संगठित गरी उनीहरुलाई समेत क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम प्रदान गरिने जनाए ।  क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम लिएपछि आफूमा पनि अझ आत्मविश्वास बढेको उनको भनाई छ । 

तालिमको समापन सत्रमा बोल्दै तालिमका सहभागि सन्दीप तामाङले क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम प्रभावकारी रहेको बताउँदै तालिम लिए पश्चात आत्मविश्वास बढेको बताए । 

कार्यक्रममा प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका कोशी प्रदेश अध्यक्ष राजु वस्नेतले नृत्य निर्देशक संघ नेपाल झापा जिल्ला समितिको आयोजना तथा नृत्य निर्देशक संघ नेपाल दमक नगर समितीको ब्यबस्थापनमा  क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम आयोजना गरेकोमा खुशी व्यक्त गदैृ तालिममा सिकेका कुरालाई व्यवहारत कार्यान्वयनमा ल्याउन सहभागीलाई आग्रह गरे ।

एक दिनको तालिममा पनि  सहभागीको दमदार प्रस्तुतीले तालिम फलदायी रहेको प्रमाणसिद्ध भएको उनले बताए ।

  नृत्य निर्देशक संघ नेपालका कोशी प्रदेश उपाध्यक्ष विमल नेपालले नृत्य निर्देशकहरुको क्षमता विकासका साथै बोल्ने कलाको विकासमा तालिम सहयोगी बन्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै नृत्य निर्देशक संघ नेपाल मोरङका उपाध्यक्ष घनेन्द्र मगरले जीवनका हरेक मोडमा वाक कला (उद्घोषण)आवश्यक पर्ने भएकाले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे ।

उनले निरन्तर प्रयास र मेहनतबाट मात्रै सफलता हाँसिल गर्न सकिने भन्दै  उद्घोषणमा पनि निरन्तरको मेहनत लगाव आवश्यक रहेको बताए ।

नृत्य निर्देशक रोषन गहतराजले नृत्य निर्देशकहरुको  क्षमता र नेतृत्व विकासका लागि  तालिम लिएपछि निरन्तर अभ्यासको आवश्यकता रहेको बताए । 

क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमका प्रशिक्षक, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले  नेतृत्व क्षमता र बोल्ने कुरा केही दिनको मात्रै सिकाईबाट पूरा नहुने बताए ।

उनले  एक दिनको तालिमबाट केही आधारभूत कुराहरु सिक्ने तर नेतृत्व क्षमता विकास गर्ने र मिठास र शिलशिलेवार बोलीका लागि  निरन्तर अभ्यास जरुरीभएको बताए । उनले सहभागीहरुले आधारभूत कुराहरुको ज्ञान लिईसकेकाले आफ्नो ठाउँमा हुने कार्यक्रमहरु प्रयास गरे पक्कै राम्रो गर्न सक्ने बताए ।  ।

तालिममा प्रशिक्षक निरौलाले उद्घोषक, उद्घोषण, प्रभावकारी उद्घोषणका उपायहरु, कार्यक्रमको पूर्वतयारी, माईक्रोफोन र पोडियमको प्रयोग, प्रभावकारी भाषणकला, नेता नेतृत्व र असल नेतृत्वका गुणहरु तथा सकारात्मक सोंचका बारेमा सहभागीलाई जानकारी  गराएका थिए ।

कार्यक्रममा सहभागी नृत्य निर्देशक संघ नेपालका कोशी प्रदेशका सचिव शंकर विश्वकर्मा, र्नत्य निर्देशक संघ बेलबारी सचिव सन्दीप लिम्बू, सुन्दरहरैंचा सचिव रञ्जीत शाहलगायतले क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम आयोजना गरेकोमा धन्यबाद दिएका थिए ।

नृत्य निर्देशक संघ नेपाल झापा जिल्ला समितिका अध्यक्ष अमन गुप्ताको अध्यक्षता तथा नृत्य निर्देशक संघ नेपालका कोशी प्रदेश अध्यक्ष राजु वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  नृत्य निर्देशक संघ नेपाल दमक नगर समितीका अध्यक्ष मनिस नेपालीले स्वागत गरेका थिए ।

तालिममा सहभागी २५ जना नृत्य निर्देशकहरुलाई प्रमाणपत्र समेत वितरण गरेको कार्यक्रमलाई सफल बनाउन दमक डान्स सेन्टर, शंकर आर्ट स्कूल, विना डान्स स्टुडियो, स्वागत डान्स सेन्टरले सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन नृत्य निर्देशक संघ नेपाल दमक नगर समितीका सचिव विजय राईले गरेका थिए ।