बिर्तामोड । साहित्य चौतारी झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको पाँचौं स्मृति दिवसको अवसरमा राष्ट्रकवि घिमिरेप्रति श्रद्धा व्यक्त गर्दैं उनकी श्रीमती महाकाली घिमिरेलाई सम्मान गरेको छ ।

साहित्य चौतारी झापाले  राष्ट्रकवि घिमिरेको लैनचौरस्थित कवि कुन्जमा आयोजित कार्यक्रममा राष्ट्रकवि  घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनकी श्रीमती महाकाली घिमिरेलाई सम्मान गरेको साहित्य चौतारी झापाका  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।

साहित्य चौतारी झापाका  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका  कुलपति  नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारीकी सम्मानित श्रष्टा तथा संचारिका समूह नेपालकी अध्यक्ष कवि विमला तुम्खेवाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा साहित्य चौतारी झापाका  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले औचित्यमाथी प्रकाश पार्दै राष्ट्रकवि घिमिरेले २०५६ साल असार ३१ गते  १८६ औं  भानुजयन्तीको अवसर पारेर  प्रमुख अतिथिको रुपमा साहित्य चौतारी झापाको उद्घाटन गरेको बताए । 

राष्ट्रकवि घिमिरे साहित्य चौतारी झापाको अभिभावकको रुपमा रहेको बताउँदै अध्यक्ष श्रेष्ठले २०७५ साल कात्तिक १९ गते दशैंको कोजाग्रत पूर्णिमाको दिन काठमाडौंस्थित घिमिरे निवासमा गएर राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गर्नुका साथै उनको हातबाट टीका र आशिर्वाद ग्रहण गरेको जनाए । 

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी श्रीमती महाकाली घिमिरेलाई सम्मान गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथिहरु  संस्थाका काठमाडौं सल्लाहकार संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, संस्थाका मानार्थ सल्लाहकार  जीवन अधिकारी, साहित्य चौतारी झापाका  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले राष्ट्रकवि घिमिरेकी श्रीमती महाकाली घिमिरेलाई  टीका, माला सहित दोसल्ला ओढाएर  सम्मान पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि कुलपति हार्तम्छालीले साहित्य चौतारी झापाले साहित्य ,कला,संगीत, भाषा, संस्कृति, परम्पराको उन्नयन र विकासको लागी पुर्याएको  योगदानको चर्चा  गरेका थिए ।

उनले नेपाल सरकारले समेत गर्न नसकेको कार्य साहित्य चौतारीले गरेको भन्दै प्रशंसा गरेका थिए । नेपाली साहित्याकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय रहेको बताउँदै उनले राष्ट्रकवि घिमिरेलाई संधै सम्झीरहने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि राधेश्याम लेकालीले राष्ट्रकवि माधवप्रसाद घिमिरेसंग बिताएका संस्मरणहरु सुनाउँदै राष्ट्रकवि घिमिरेले देशको विषम परिस्थितिको बेला राष्ट्रियता जगाउने सिर्जना गरेको बताए । साहित्य चौतारी झापाले गरेको कार्य स्तुत्य रहेको उनले बताए ।

कार्यक्रममा साहित्य चौतारी झापाका अध्यक्ष श्रेष्ठले  राष्ट्रकवि घिमिरेको स्मरण ताजा राख्न राष्ट्रकवि घिमिरेको निवास कवि कुन्ज संग्रहालयको थप व्यवस्थापनमा साहित्य चौतारीले सहयोग गर्ने बताए । उनले राष्ट्रकवि घिमिरेको घरलाई कवि कुञ्ज र बाटोलाई कवि मार्ग नामाकरण गर्न  आग्रह गर्दै कवि कुन्ज संग्रहालयको उचित व्यवस्थापन गर्न प्रतिष्ठान र नेपाल  सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

कार्यक्रममा सम्मानित राष्ट्रकवि घिमिरेकी श्रीमती महाकाली घिमिरेले काठमाडौंसम्म आएर आफूलाई सम्मान गरेकोमा साहित्य चौतारी झापालाई धन्यवाद दिएकी थिइन् । त्यस्तै गायिका लोचन भट्टराईले साहित्य चौतारी झापाले गरेको कार्य अरुहरुका लागी उदाहरणीय भएको बताइन् । 

 माता गौरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको  कार्यक्रममा गायकहरु जीवन अधिकारी, लोचन भट्टराई, लाक्पा शेर्पा, प्रदीप देवान, समीर खरेल , धना राई लगायतले राष्ट्रकविले सिर्जना गरेका कालजयी गीतहरु नेपाली हामी रहुँला कहाँ नेपाललै नरहेू, फूलको थुँगा बहेर गयो गंगाको पानीमा, गाउँछ गीत नेपाली , आज र राती के देखें सपना लगायतकागीतहरु गाएर श्रद्धा अर्पण गरेका थिए । कार्यक्रममा सहभागी श्रष्टाहरुले राष्ट्रकवि घिमिरेको सङ्ग्रहालयको अवलोकन समेत गरेका थिए । 

कार्यक्रममा  संस्थाका सहसंरक्षक गर्व श्रेष्ठ,  काठमाडौं प्रेस सल्लाहकार सरस्वती गौतम, साहित्यकारहरु पूर्व महासेनानी पूर्ण ओली, दिलबहादुर थापा, माया पोखरेल, कृपा दाहाल, शोभाकान्त शर्मा, राजिव घिमिरे, इन्दिवर घिमिरे, डा. किरण रेग्मी, विजेता घिमिरे, शान्ति अधिकारी , राष्ट्रकविका छोराहरु एवं परिवारजनको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका निवर्तमान उपाध्यक्ष कृष्ण सुवेदी निराकारले गरेका थिए ।  

साहित्य चौतारी झापाले आगामी भदौ ३ गते सोमबार राष्ट्रकवि माधवप्रसाद घिमिरेको पाँचौं स्मृति दिवस बिर्तामोडस्थित साहित्य चौतारीको सभाहलमा  राष्ट्रकवि घिमिरेका रचना वाचन गरी उनीप्रति श्रद्धा अर्पण गरी मनाइने  साहित्य चौतारी झापाका  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।