बिर्तामोड। झापाको बिर्तामोडस्थित रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भीमप्रसाद राजबंशीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष जीवन सुबेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सुनकोषी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगाराम ओडारी,पूर्व अध्यक्ष घनश्याम पौडेल, सञ्चारकर्मी गोपाल काफ्ले, झापा जिल्ला बचत संघका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरू रञ्जितकुमार राजवंशी,सुस्मिता खतिवडा,जरिना खातुन , उमादेबी सुबेदी,असल ऋणी निर्मला राई, कल्पनादेबी गुरुङ, रत्नमाया तामाङ, बिरबहादुर सापकोटा, उत्कृष्ट कर्मचारी क्यासियर सबिनाकुमारी तामाङ, बजार प्रतिनिधि लता भट्टराईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष राजवंशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको शेयर पूँजी २ करोड ५ लाख ३५ हजार ६ सय रूपैयाँ, निक्षेप २१ करोड ४४ लाख ७२ हजार ९ सय ९५ रूपैयाँ ८० पैसा , ऋण लगानी २२ करोड ४३ लाख ५९ हजार ९ सय १४ रूपैयाँ ९७ पैसा र वासलात २५ करोड २ लाख ३९ हजार २ सय ६ रूपैयाँ ३७ पैसा रहेको छ।
कार्यक्रममा कोषाध्यक्ष जीवन सुबेदीले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा माईन्युट प्रमाणिकरण समितिले माईन्युट प्रमाणिकरण गरेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका ब्यबस्थापक शुकराज भण्डारीले गरेका थिए।




















