बिर्तामोड।नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति तथा नेपाल चलचित्रकर्मी संघ बिर्तामोडको आयोजनामा बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव शनिवारदेखी हुने भएको छ ।

नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष बिजय तामाङले बिर्तामोडको चलचित्र पर्यटनको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरेको बताए।

नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केबल तामाङले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सवको उद्घाटन गरिने बताए।
महोत्सवमा  सात वटा चलचित्र प्रदर्शन गरिने, चलचित्र  अभिनय  कार्यशाला ,अन्तरक्रियासहित विविध कार्यक्रम गरिने उनले बताए।
महोत्सवमा तामाङ संस्कृतिसंग सम्बन्धित  भेषभुषा, खानपान समेत रहने अध्यक्ष बिजय तामाङले बताए।

कार्यक्रमको सञ्चालन घेदुङका सचिव गणेश तामाङले गरेका थिए।