बिर्तामोड । बिर्तामोड  प्याब्सनको अध्यक्षमा सुरेन्द्र खरेल चयन भएका छन् । बिर्तामोडमा भएको बिर्तामोड  प्याब्सनको तेस्रो अधिवेशनले आगामी ३ बर्षको कार्यकालका लागि खरेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिमा उपाध्यक्ष अमृत बस्नेत, सचिव दिपाङ्कर मैनाली, सहसचिव पुण्यप्रसाद उप्रेती, कोषाध्यक्ष प्रमिला बजगाईं,  सहकोषाध्यक्ष( दिपक चम्लागाई रहेका छन् । त्यस्तै सदस्यहरुमा रहमत अन्सारी , सन्देश मल्ल, कुलदिप घिमिरे रहेका छन् ।