बिर्तामोड । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा बिश्व प्रसिद्ध गंगा महाआरती दर्शन गर्नेको भीड लागेको छ।
आफ्ना पितृहरुको उद्धारका लागी भारतको गंगातटमा गरिने गंगाआरती जस्तै गंगा आरती अर्जुनधारा जलेश्वर धाममा गंगाआरती आयोजना गरिएको मूल अर्चक अग्नीप्रसाद सिग्देलले बताए।
कर्ताहरूले सामूहिक संकल्प गरी प्रेम गौतमको नेतृत्वमा पांच जना पंडितले सामूहिकरूपमा गंगाआरती शुरू गरेका संकल्प थिए ।
व्यासाचार्य कुवेर सुवेदीले गंगाआरतीको महत्वबारे प्रकाश पारेर सहजीकरण गरी भगवान शिवको भजनसहित गंगाआरती शुरू गरिएको थियो ।
एकैसाथ गुञ्जिएको शंखघण्टको ध्वनीले अर्जुनधारा जलेश्वरधाम गुञ्जायमान भएको थियो । भजन गायक राजु अधिकारीको नेतृत्वमा भजन गायनसहित गंगाआरती गरिएको थियो । शिवताण्डबसहित बिश्व प्रसिद्ध गंगा महाआरती दर्शन गर्न झापाका भक्तजनहरूको लागेको थियो ।
प्रत्येक दिन साॅझ बिश्व प्रसिद्ध गंगा महाआरती हुने र गंगा महाआरती दर्शन गर्न अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानीले आग्रह समेत गरेका छन् ।




















