बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा भारतको शिलगढीमा ३४ औं नारायण गोपाल स्मृति दिवस मनाइएको छ ।
साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा इतिहासविद् सर्जक प्रकाश सायमीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अन्तर्राष्ट्रिय संयोजक डीएल प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालले अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थाहरुलाई संस्थागत अभिनन्दन गर्ने क्रममा शिलगढी देबकोटा संघलाई अभिनन्दन गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी इतिहासविद् सर्जक प्रकाश सायमी, साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ ,सचिव तुलसीप्रसाद निरौला, अन्तर्राष्ट्रिय सल्लाहकार संयोजक तथा मानर्थ सल्लाहकार जीवन अधिकारीलगायतले शिलगढी देबकोटा संघका अध्यक्ष मिलन रुचाल, सहसचिव श्याम प्रधानसहितका पदाधिकारीलाई अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए। कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले संस्थाको गतिविधिसहित साहित्य चौतारीले अभिनन्दित तथा सम्मानित गरिएका अग्रज सर्जकहरूसंग ३४ औं नारायण गोपाल स्मृति दिवस मनाउन पाउँदा खुशी लागेको बताए।
कार्यक्रममा शिलगढी देबकोटा संघका संगीत बिभागका प्रकाश प्रधान र रञ्जिता सुनारले नारायण गोपालका गीत गाएर दर्शक र श्रोतालाई मन्त्रमुग्ध पारेका थिए भने
संस्थाका पूर्व महासचिव दिलिप घिमिरे र पूर्व सदस्य बिबस बलिभद्र कोइरालाले गीत, गजल बाचन गरी मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी इतिहासविद् सर्जक प्रकाश सायमीले नारायण गोपालको जीवनीबारे प्रकाश पारेका थिए। उनले नारायण गोपालको छबी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तिकै रहेको बताउंदै नारायण गोपाललाई बर्षमा एकदिन मात्र सम्झने नभएर हरेकदिन सम्झनु पर्नेमा जोड दिए।
कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालले रजत बर्ष महाअभियानमा रथारोरहणसहित नागरिक अभिनन्दन गरिएकी श्रष्टा शान्ती थटाल, सम्मानित तथा अभिनन्दित श्रष्टाहरू कर्म योञ्जन, जस योञ्जन प्यासी, मानर्थ सल्लाहकार जीवन अधिकारी तथा गायिका जुनु गौतम, रमेश गुरुङ, चम्पा योञ्जन, रीमला मोक्तान, प्रतिमा छेत्री,मोहन शर्मा,जीवन गुरुङ, राजा पुनीयानी, संस्थाका सदस्य एनबी दाहाल नविन, पूर्व सदस्य अभागी थेगुवालगायतको सहभागिता रहेको थियो ।
भारतको शिलगढी देवकोटा संघको सभाहलमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।




















