बिर्तामोड । जग्गा तथा आवास विकास संघ झापाका नवनिर्वाचित पदाधिकारीहरुले बिहिबारबाट कार्यभार सम्हालेका छन् ।

बिर्तामोडस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा जग्गा तथा आवास विकास संघ झापाका नवनिर्वाचित अध्यक्ष महेन्द्र थापा, बरिष्ठ उपाध्यक्ष डेसर किरण राई, प्रथम उपाध्यक्ष मानबहादुर लिम्बु, उपाध्यक्ष टहलदास ओली, महासचिव लालबहादुर समाल, सचिव लक्ष्मी बराल, कोषाध्यक्ष चन्द्र अधिकारी  सदस्यहरु नबिनकुमार अग्रवाल, छत्र भेटवाल, लिलाराज चौंलागांई, प्रकाश उप्रेती, प्रेमबहादुर थापा, बासुदेव उप्रेती, मनोज प्रसाई, रमेश कट्टेल, दिपक गिरी, नारायण घिमिरे, बिशाल निरौला, डिल्ली शिवाकोटी, रेवन्तबहादुर कार्कीलाई निर्वाचन अधिकृत पर्वत कार्कीले विजयी भएको प्रमाणपत्र वितरण गरेसंगै उनीहरुले कार्यभार सम्हालेका हुन् । 

यसअघि बुधबार सम्पन्न जग्गा तथा आवास विकास संघ झापाको तेस्रो अधिवेशनले थापाको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति चयन गरेको थियो ।

अधिवेशनले यस अघिको प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालको नाम परिवर्तन गरि जग्गा तथा आवास विकास संघ राख्ने निर्णय गरेको थियो ।

अधिवेशनमा संस्थाको वार्षिक  प्रतिवेदन प्रस्तुत गर्दै प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालका अध्यक्ष राजकुमार मेवाहाङ राईले  देशभर छरिएर रहेका घर जग्गा व्यवसायीहरुको एउटै उदेश्य रहेकाले सवैले साझा नाम राख्ने प्रस्ताब पेश गरेका थिए ।

उनले  देशभरका घर जग्गा ब्यवसायीलाई संगठित गर्दै एउटै उदेश्य भएको नेपाल जग्गा तथा आवास विकास महासंघ निर्माण भएकोले महासंघको निर्देशन अनुसार जिल्लामा रहेका संघहरुको नाम परिवर्तन गरिएको जानकारी दिए । 

प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालका  अध्यक्ष राजकुमार मेवाहाङ राईको अध्यक्षता तथा नेपाल जग्गा तथा आवास बिकास महासंघका अध्यक्ष भेषराज लोहनीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा  उपाध्यक्ष रोशन बोहोराले स्वागत गरेका थिए । 

 कार्यक्रममा प्रमुख अतिथि लोहनी, नेपाल जग्गा तथा आवास बिकास महासंघका उपाध्यक्ष धनश्याम पोखरेल, महासचिव ध्रुव घिमिरे, सचिव रामसुन्दर विके , सुनसरीका अध्यक्ष नेत्र चम्लागाईलगायतले घर जग्गा व्यवसायीहरुको हकहितमा लाग्न नवनिर्वाचित कार्यसमितिलाई वधाई तथा  शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालका  महासचिव डेसर किरण राईले गरेका  थिए ।