बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको आकर्षक बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष गंगाप्रसाद मैनालीको अध्यक्षता तथा शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहनप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसचिव यमुनादेबी तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष मैनालीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाको शेयर पूंजी ६४ लाख ६३ हजार ५ सय,निक्षेप १ करोड २९ लाख ५७ हजार ७ सय ४४ रूपैयाँ ४४ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता जीवन ढकाल,असल ऋणी राजकुमार श्रेष्ठ, गोमा गिरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी ओली, सल्लाहकार नरहरी चापागाई , ऋण उपसमिति संयोजक पहलमान लोहारलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन सचिव सुरेश गौतमले गरेको व्यवस्थापक नरेश गौतमले जानकारी दिए।




















