बिर्तामोड । वीरता लेडी जेसीज बिर्तामोडको सन् २०२५ को अध्यक्षमा निशा शाक्य निर्वाचित भएकी छिन् । वीरता लेडी जेसीजको २१ औं साधारण सभा तथा २० औं शाखा अधिवेसनले सन् २०२५ का लागि अध्यक्षमा शाक्यलाई चयन गरेको हो ।
त्यस्तै वीरता लेडी जेसीज बिर्तामोडको सन् २०२५ को कार्यकारीणी उपाध्यक्षमा मुना अधिकारी ढुंगेल र चन्द्रकला रिजाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा एलिना रिजाल ढकाल, अञ्जली शाह, भावना वस्नेत, तारा वस्नेत निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा दिक्षा कडरिया , जनसम्पर्क अधिकारीमा पार्वता श्रेष्ठ, तालिम संयोजकमा कोपिला पोख्रेल सिटौला र शाखा सम्पादकमा हेलेन खरेल निर्वाचित भएका छन् ।
जेसीज विधान अनुसार अध्यक्षले मनोनित गर्ने कार्यसमितिका पदहरु कानूनी सल्लाहाकार, महासचिव र कोषाध्यक्षमासमेत नवनिर्वाचित अध्यक्ष शाक्यले मनोनयन गरेकी छिन् । कानूनी सल्लाहाकारमा अस्मिता राई कुरुङवाङ, महासचिवमा प्रभा रायामाझी र कोषाध्यक्षमा कविता ओली मनोनित भएका छन् ।
वीरता लेडी जेसीजको सन २०२५ को नयाँकार्यसमितिको निर्वाचन गराउन पूर्व अध्यक्ष संगीता गिरी निर्वाचन अधिकृत र पूर्व अध्यक्षह्ररु शरु भूर्तेल खनाल र संगीता चिमरिया सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।




















