बिर्तामोड। नेपाल उद्यमशील महिला संघ झापाको आयोजना तथा आन्तरिक राजस्व कार्यालय झापाको सहकार्यमा महिला उद्यमीहरूसंग कर सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्बता खरेल बिमलीको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कृष्णचन्द्र काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ऐश्वर्या पाण्डेले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा कर अधिकृत तीलक थापा मगर ,सीता खतिवडाले करको परिचय, महत्व, बिशेषताबारे सहभागीलाई जानकारी गराएका थिए।
कार्यक्रममा कर प्रमुख काफ्लेले कर तिर्नुपर्ने कारणहरू बारे जानकारी दिए।
कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा अध्यक्ष ओमकृष्ण बिमलीले कर तिर्नु नागरिकको कर्तव्य भएको बताए। संञ्चारिका समूहकी अध्यक्ष लीला अनमोल, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले शुभकामना दिएका थिए।
कार्यक्रममा ७० जनाभन्दाबढी महिला उद्यमीको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव बिना थापाले गरेकी थिइन् ।




















