बिर्तामोड। बिर्तामोडको बिहानीटोलमा रहेको एनइबीसी चर्चले क्रिसमस बिबिध कार्यक्रम गरी मनाएको छ । एनइबीसी चर्चका अध्यक्ष सुवासमणी राईको अध्यक्षतामा भएको कार्यक्रममा शुरूको प्रार्थना,स्तुती प्रशंसा, आमा, बुबा,युवायुवतीहरूले बिशेष गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। एनइबीसी चर्चका पास्टर रनकुमार सेवाहाङले प्रभुको बचन अन्तर्गत गोठाला र ज्योतिषीहरूको भूमिका र सांचो उपासनाबारे प्रष्ट पारेका थिए।
कार्यक्रममा मुष्ठीदानमा सबैभन्दा बढी दान गर्ने तीन जना आमाहरू र मिशेनरी सहयोग दिने तीन जना बुबा आमाहरू , मण्डलीका चार जना ज्येष्ठ नागरिक बुबा आमाहरूलाई सम्मान गरिएको थियो। वालसंगतिका वालवालिकाहरूलाई कापी, पेन्सिल प्रदान गरिएको थियो।
पाँच जना आमाहरूको सामुहिक नृत्य गरिएको कार्यक्रमको पहिलो चरण एनइबीसी चर्चका पास्टर रनकुमार सेवाहाङले अन्तिम प्रार्थना गरेर समापन गरेका थिए।
त्यस्तै दोस्रो चरणको कार्यक्रम अन्तर्गत शुरूको प्रार्थना, सुसमाचार बचन पास्टर रनकुमार सेवाहाङले प्रस्तुत गरेका थिए।
कार्यक्रममा गीत, नृत्य, खेललगायत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा एल्डर मन खुदाङले धन्यवाद ज्ञापन गरेका थिए । एनइबीसी चर्चका पास्टर रनकुमार सेवाहाङले अन्तिम प्रार्थना गरेको कार्यक्रमको सञ्चालन माया राईले गरेकी थिइन् ।




















