बिर्तामोड। नेपाल हार्ट फाउन्डेसनको केन्द्रीय सभा झापाको बिर्तामोडमा हुने भएको छ।
यही पुस १३ र १४ गते बिर्तामोडको अग्रसेन भवनमा ३३ औं बार्षिक केन्द्रीय साधारण सभा हुने भएको नेपाल हार्ट फाउन्डेसनका झापा अध्यक्ष सन्तोष अग्रवालले बताए।
नेपाल हार्ट फाउन्डेसनका निवर्तमान अध्यक्ष बलराम न्यौपाने,केन्द्रीय सदस्य तथा पूर्व अध्यक्ष डिल्लीप्रकाश घिमिरे, सल्लाहकार अंशुका राजोपाध्याय लगायतले नेपाल हार्ट फाउन्डेसनको ईतिहासदेखि बर्तमानसम्मको अबस्थाबारे जानकारी गराएका थिए।
झापामा जनचेतनामूलक कार्यक्रम गरी मुटुजन्य रोगहरूबाट बचाउन अभियान सञ्चालन गर्न झापामा केन्द्रीय सभा सञ्चालन गरीएको झापा अध्यक्ष सन्तोष अग्रवालले बताए।
उनले झापामा हुने दुई दिवसीय कार्यक्रमको बारेमा जानकारी गराउँदै शनिबार र आइतबार हुने कार्यक्रममा सहभागिता जनाउन आग्रह समेत गरे ।
कार्यक्रमको सहजीकरण नेपाल हार्ट फाउन्डेसनका झापाका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले गरेको सहसचिव रामप्रसाद निरौलाले जानकारी दिए।




















