बिर्तामोड। नवज्योति युवा क्लब बुद्धशान्ति २ जयपूरको आयोजनामा आठौ एलिस सप्लायर्स नवज्योति च्यालेञ्ज कप प्रतियोगिता हुने भएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष गोपाल पोखरेलले माघ २१ देखी माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टीमको सहभागिता रहने बताए।
उनले बुद्धशान्ति २ जयपूरस्थित आदर्श माविको  खेलमैदानमा हुने प्रतियोगितामा भारतका दुई वटा टीम र नेपालका ६ वटा टीमको सहभागिता रहने बताए।
प्रतियोगिताको बिजेतालाई नगद दुई लाख २५ हजार र उपबिजेतालाई  नगद एक लाख २५ हजार रहेको उनले  जानकारी दिए।
क्लबका उपाध्यक्ष भरत खतिवडाले प्रतियोगिताको तयारीको लागी खेलमैदान सम्याउने कार्य भइरहेको बताए।
कार्यक्रममा प्रमुख अतिथी झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मगरले झापा जिल्ला फुटबल हबको रूपमा बिकसित भइरहेको बताउंदै प्रतियोगिता सफल बनाउन आर्थिक पक्ष सबल बनाउनु पर्ने बताए।
कार्यक्रममा झापा गोल्डकपका  बरिष्ठ उपाध्यक्ष बलराम कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाललगायतले प्रतियोगिता सफल बनाउने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको सञ्चालन क्लबका महासचिव मुकेश भट्टराईले गरेका थिए।