बिर्तामोड। नेपाल जेसीजको इटहरीमा सम्पन्न ५१औ महाअधिवेशनबाट प्रस्तावित हल्दीबारी जेसीजले सचिवालय स्थापना गरी कार्यकाल शुभारम्भ गरेको छ।
हल्दीबारी जेसीजले पौष १७ बुधबारको दिन (अङ्ग्रेजी सम्बत 2025 Jan 1 ) को दिन एक विशेष कार्यक्रम गरि आफ्नो सचिवालय स्थापना गरेको हो । जनवरी 1st अर्थात अङ्ग्रेजी क्यालेन्डर अनुसार बर्षको पहिलो दिन, नयाँ बर्ष सङ्गै जेसीजहरुको कार्य सुरुवात गर्ने दिन नयाँ आयाम र जोश सहित सकारात्मक परिवर्तन गर्ने लक्ष्य लिएर औपचारिक कार्यक्रमको थालनी गरिएको हल्दीबारी जेसीजकी संस्थापक अध्यक्ष जेसी युनिता दवाडीले बताइन् । हल्दीबारी जेसीजकी संस्थापक अध्यक्ष जेसी युनिता दवाडीको अध्यक्षता तथा
हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबि मैनालीको प्रमुख आतिथ्य र हल्दीबारी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष सन्तोष थापाको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबि मैनालीले हल्दीबारी जेसीजको ब्यानर बाचन गरी तथा आचार्य पण्डित अर्जुन भट्टराईले स्वस्ती बाचनसहित कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष मैनालिले हल्दीबारीमा जेसीजको आवश्यकता रहेको र हल्दीबारी जेसीजको स्थापनाले आफू अत्यन्त खुशी भएको बताउंदै आफूहरूले सदैव साथ रहने बताइन्। कार्यक्रममा रेडक्रस जलथल शाखाका सभापति रेम खरेल, हल्दीबारी गाउपालिका वडा नम्बर ४ का वडा सदस्य सुरेन्द्र बाराकोटी, आचार्य पण्डित अर्जुन भट्टराई , हल्दीबारी जेसीजका अध्यक्षीय सल्लाहकार जेसी हिमा पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका उक्त थिए।
कार्यक्रममा स्वागत मन्तब्य सदस्य जेसी भरत ढकालले, जेसीज आस्था कार्यकारिणी उपाध्यक्ष जेसी योगेश कार्की र जेसीज मिशन भिजन कार्यकारिणी उपाध्यक्ष जेसी नितेश खरेलले वाचन गरेका थिए ।
कार्यक्रमको सञ्चालन हल्दीबारी जेसीजका महासचिव जेसी प्रायुस पौड्यालले गरेका थिए ।




















