बिर्तामोड। झापा इनर्जी लिमिटेडको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ।
कम्पनिका अध्यक्ष एलपी साँवाको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनिका सञ्चालक समिति सदस्य रामचन्द्र उप्रेतीले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव सरोज श्रेष्ठले साधारण सभाको गणपूरक संख्या पुगेको जानकारी गराएका थिए।
कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, राष्ट्रिय सहकारी वैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, पूर्व सञ्चालक तथा कोशी प्रदेशका पूर्व मन्त्रि झलकसिंह दर्लामीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै झापा इनर्जी झापाको गौरब भएको बताए।
कार्यक्रममा अध्यक्ष साँवाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले झापा इनर्जी लिमिटेडको स्थापना गर्नुको उद्देश्यदेखि हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए।
झापा इनर्जी लिमिटेडले मंसीर ३० गतेसम्म १ करोड २७ लाख ४ हजार ३ सय ११ युनिट विद्युत् उत्पादन गरी ९ करोड २७ लाख ४१ हजार ४ सय ७० रूपैयाँ आम्दानी गरिसकेको बताए। कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका सचिव सरोज श्रेष्ठले प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सञ्चालक सुवास भट्टराईले गरेका थिए।




















